नेपाल एसिया कप क्रिकेटमा समूह विजेता बन्दै सेमिफाइनलमा, सिंगापुरलाई ७ विकेट पराजित

काठमाडौँ, भदौ २९ ।  मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा  सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणमा अपराजित नेपालले आफ्ना सबै खेल फराकिलो अन्तरले जित्ने क्रममा नेपालले बिहिबार बलियो प्रतिश्पर्धी सिंगापुरलाई ७ विकेटले हराउँदै समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको हो।

पवन सरार्फले सर्वाधिक ६ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ६७ रनमा समेटिएको थियो।

६८ रनको लक्ष्य लिएर मैदानमा आएको नेपाल १३ ओभर ४ बल खेल्दै ३ विकेट गुमाएर जीत हाशिल गर्‍यो।

नेपाललाई जिताउन सन्दिप सुनारले २०, अनिल कुमार साहले १८ तथा महमद आशिफ शेखले ६ रनको योगदान दिए। सुमित महर्जन ९१०० र सन्दिप जोरा ९७० नटआउट रहे।

क्लब अमानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरको खेलमा २८।३ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सरार्फले ८ ओभर बलिङ गर्दै ४ मेडन राखी१२ रन खर्चिएर ६ विकेट लिए। किशोर महतोले २ विकेट लिए भने कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले १(१ विकेट लिए।

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!