सरकारले कहिले नियम पालना गरेन : बाबुराम भट्टराई

सप्तरी, भदौ २९ । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले वर्तमान सरकारले सत्ताको दुरुपयोग गर्दै निर्वाचन आचार संहितालाई लत्याईरहेको आरोप लगाएका छन् ।

सप्तरीको राजविराजमा पत्रकारसँग संयोजक भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रको मिलिजुली सरकारले कहिले पनि नियम–कानून पालना नगरेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले २०५१ सालदेखि नै नियम–कानून उल्लघंन गरिरहेको उनको आराप थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा पनि आफू युद्धको कमाण्डर नै भएपछि नियम कानून लाग्दैन भने मानसिकता रहेको उनको भनाइ छ ।

निर्वाचन आचार संहिता विपरित सरकारले मन्त्रिपरिषद विस्तार, कर्मचारी सरुवा बढुवा र राज्य कोषको चरम दुरुपयोग गरेको आक्षेप उनले लगाए । यस्तो हुँदा पनि निर्वाचन आयोग भने निरीह र लाचार बन्नु दलीय भागबण्डामा पदाधिकारी नियुक्तीको कारण हो, भट्टराईले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!