राष्ट्रिय बाल दिबशको पूर्वसन्ध्यामा दिप प्रज्वलन

काठमाडौं, भदौ २९ । राष्ट्रिय बाल दिबश २०७४को पूर्वसन्ध्यामा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले दिप प्रज्वलन गरेको छ। काठमाडौंको सिनामंगल स्थित पार्कमा रहेको वाल स्तम्भमा बुधवार वेलुकी दीप प्रज्वलन गरिएको हो।

नेपालमा एक दशकसम्म भएको द्धन्द्धको समयमा र अन्य बिबिध कारणले ज्यान गुमाउन पुगेका बालबालिकाहरुको सम्झनामा गरिएको हाे । दीप प्रज्वलन कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बिभिन्न समयमा ज्यान गुमाउन बाध्य बालबालिकालाई श्रद्धाञ्जली दिर्इन ।

आउने दिनमा कुनै पनि बालबालिकालाइ अकालमा ज्यानै जानसक्ने अबस्थाको अन्त्य गर्दै यसका लागि राज्यले सोही अनुरुपको नीति बनाउने उनकाे अाश्वाशन छ ।

नेपालमा २०२२ सालबाट राष्ट्रिय बाल दिबश मनाउन शुरु गरिएको थियो। नेपालले गणतन्त्र स्थापना पछि भने बालअधिकार सम्बन्धी महासन्धीलाइ अनुमोदन गरेको मिती १९९० सेप्टेम्बर १४ दिनलाई राष्ट्रिय बालदिवशका रुपमा मनाउँदै आएको छ।

अाज बिहिवार को बिहान ११ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा एक कार्यक्रम गरी राष्ट्रिय बालदिवश मनाइने मन्त्रालयले र बालकल्याण समितीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!