रक्सी खाएर विद्यालय जाने हेडमास्टर प्रहरी खोरमा

इलाम, भदौ २८ । रक्सी खाएर विद्यालय जाने गरेका इलामका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६, सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई रक्सी खाएर विद्यालय आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हरेक समय मादक पदार्थ सेवन गर्ने प्रधानाध्यापकलाई पटक–पटक चेतावनी दिँदासमेत नसुध्र्रिएपछि बुधबार उनलाई मादक पदार्थ मातेर विद्यालयमा आएको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

रक्सीले मातेर लरबरिँदै विद्यालय आएपछि प्रहरीले श्रेष्ठलाई प्रहरीको जिम्मा लगाइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!