मेगा बैंकका कर्मचारी मृत फेला

रसुवा, भदौ २८। मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्याल रहेका छन् ।

उनी आफ्नै डेरामा आज बिहान ११ः०० बजे मृत अवस्थामा फेला परेकाले शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे ल्याइएको छ ।

कामनपा वडा नं ३४ पुरानो बानेश्वर घर भएका अर्यालको मृत्युको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!