‘प्रधानमन्त्री कार्यकारी प्रमुख हो, उहाँलाई कारवाही गर्न मिल्दैन’: आयोग

काठमाडौं, भदौ २८ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारहरुको उम्मेद्धवारी नै रद्द गर्ने चेतावनी दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचनआयुक्त यादवले उम्मेद्धवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेद्धवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन् ।

उनले भने,‘चुनावमाउम्मेद्धवारहरुले व्यापकखर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्महामीले कुनै प्रमाण फेलापारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेद्धवारहरुको उम्मेद्धवारी नै खारेजसम्मगरिदिन्छौं ।’ यद्धपी उनले मधेशमाअहिले सामाजिक–साँस्कृतिपर्व चलिरहेकोले तीपर्वमागरिने सामान्यभोजभतेरलाई अन्यथालिननहुने धाराणा राखे ।

क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै उनले उम्मेद्धवारहरुले खर्च गरेको भएतीउम्मेद्धवारहरुलाई समेत पहिचान गरेर आयोगलाई दिन सञ्चारकर्मीहरुसँग आग्रह गरे । यादवले भने,‘तर अहिले सम्पन्नतातिर लम्कँदैछ, सबै धनीहुनु त राम्रो हो, अबधनी भैसकेपछि प्रतिष्पर्धा हुनु स्वभाविकहो ।’

निर्वाचनआचारसंहिताजारी अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल बिस्तारमाआयोगको पूर्णध्यानाकार्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाहीगर्न नमिल्ने भनाई राखे।

‘के गर्नुप्रधानमन्त्रीलाई कारबाहीगर्नु भएन, यसबारेमाहाम्रो ध्यानाकार्षण भएको छ, बसत्यतीहो,’ उनले भने,‘प्रधानमन्त्रीज्यूलाई कारवाहीतथा जरिवानागर्न मिल्दैन्, तर यसको मतलव यो होईन किआयोग निरीह भने छैन।’

आयोगको ध्यानाकार्षणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विराटनगर विमानस्थलमापत्रकारहरुसँग जवाफपनिदिएको उनले जनाए ।यादवले अघि भने,‘प्रधानमन्त्रीज्यूले भन्नुभएको छ किअहिले संक्रमणकालिन अवस्थाभएकोले मन्त्रिमण्डल विस्तार गर्नु बाध्यताभहो, उहाँले नै त्यसो भनिसकेपछि आयोग अब बढि विवादगर्न चाहँदैन्।’

यस्तै उनले निर्वाचनआचार संहिता उल्लंघनबारे उपप्रधानमन्त्रीविजयकुमार गच्छदारसँग स्पष्टिकरण समेत मागिएको बताए। उनले भने,‘राष्ट्रिय नेताहरुले स्पष्टिकरण दिनुभएको छ, उहाँहरुको जवाफमाआचारसंहिताको पूर्ण पालना गर्छौ भनेर प्रतिबद्धता आएको छ।’
यादवले आयोगले आचारसंहिता छिटो नलगाएको समेत जिकिर गरे । उनले भने,‘हामीले निर्वाचनआउनुभन्दा ८६ दिन अघिमात्रै आचारसंहितालगाएका छौं, निर्वाचनको मितिघोषणा भएपनिआचारसंहितालगाउने अधिकार हाम्रो हो, संसदले पारित गरेको निर्वाचन र कानुनलाई सबैले पालनागर्नुपर्छ।’उनले आचारसंहिता उल्लंघनलाई उत्साहसँगजोडेर हेर्न समेत उनले आग्रह गरे । यादवले भने,‘२० वर्षपछि निर्वाचनहुँदैछ, मतदाताहरु ज्यादै उत्साही छन्, उहाँहरुले होलीको पर्वजस्तो, रंग र अविर लगाएर उत्साहमनाईरहनुभएको छ, आचारसंहितापनि उल्लंघन भएका घट्नाहरु आईरहेका छन्, तर हामीले कडाईका साथनियमनगरिरहेका छौं।’

उनले मतदाता परिचयपत्रलिएर मतदानगर्न मतदाताहरू उत्साहितभएको भन्दै उनीहरूलाई उत्साहितपार्ने कामपनिभइरहेको बताए। मतदाताशिक्षाको काममापनिआयोग लागिरहेको बताए।

अधिकांशअधिकृतहरू निर्वाचन क्षेत्रमापुगेको स्मरण गराउँदै यादवले भने,‘२९, ३० र ३१ गते मतदाता परिचयपत्रलिनआउनेलाई उचितशिक्षादिनहाम्रा साथीहरू लागिरहनुभएको छ।’

यादवले निर्वाचनलाई जनताहरुले उत्साहको रुपमालिएको उल्लेख गर्दै भने,‘अहिलेसम्मकुनै अप्रिय घट्ना घटेका छैनन्, अकल्पनीय कुरा पनिआएका छैनन्, हामीनिर्वाचन सफलबनाउनलागिरहेका छौं।’ निर्वाचन सफलबनाउनको लागिउनले सहयोगीहातहरुको खाँचो रहेको भन्दै नागरिक समाज र पत्रकारहरुसँग विशेष आग्रह गरे ।

उनले निर्वाचनको सम्पूर्ण तयारी भैरहेको समेत विश्वास दिलाए । यद्धपी उनले केही अघिसम्म बाढीका कारण मधेशमाभयभितअवस्था रहेको भएपनिअहिले त्यो अवस्था नरहेको स्पष्ट पारे । उनले भने,‘आयोगको अनुरोधमा नेपाली सेनाले आवातजावत सहजभएको छ, सुरक्षाको अवस्थापनि धेरै राम्रो छ, सम्पूर्ण सुरक्षाकर्मीहरु सरकारले डिप्लोईड गरिसकेको छ।’

त्यस्तै क्लबका सभापतिऋषिधमलाले निर्वाचन सफलबनाउनको लागिआफू हालै २ नम्बर प्रदेशका ८ वटै जिल्लामापुगेर आएको उल्लेख गर्दै भने,‘मधेशकाजनताहरु मतहाल्नआँतुर भएर बसेका छन्, निर्वाचनआचारसंहिता उल्लंघन भएका घट्नाहरुलाई आयोगले विशेष रुपमा कडाईका साथअनुगमनगर्नुपर्छ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!