चार बर्ष अघि फरार भएका ४ वर्षीया बालिका बलात्कारी पक्राउ

चितवन, भदौ २८ । जबरजस्ती करणी गरेको अभियोगमा चार वर्षअघि फरार
रहेका एक अभियुक्तलाई चितवन प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कार गरी फरार रहेका माडी नगरपालिका–८ का चोकनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकारसम्मेलनमार्फत श्रेष्ठलाई सार्वजनिक गरेको हो ।

निजले २०७० माघ ११ गते स्थानीय चार वर्षीया बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै सम्मेलनमा बालकलाई अप्राकृतिक मैथुन गराउने एक युवकलाई पनि पक्राउ गरेको जानकारी दिइएको छ । भरतपुर महानगरपालिका–१ का २२ वर्र्षीय विवेक खतिवडालाई सात र चार वर्र्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ गरिएको हो ।

पक्राउ परेका खतिवडालाई मुलुकी ऐन जबरजस्ती करणीको महलअन्तर्गत अनुसन्धान कारबाही भइरहेको सो अवसरमा जानकारी दिइयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!