सुन्दर र विकशित राजबिराज बनाउन अध्यक्ष प्रचण्डको आव्हान

राजबिराज, भदौ २८ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ऐतिहासिक नगर राजबिराजको मुहार फेर्न बिशेष पहलको आवश्यकता रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एतिहासिक शहरको अवस्था देखेर आफु दुखित भएको बताए । “राजबिराज राजनीतिक, सांस्कृतिक र ऐतिहासिक कारणले प्रसिद्द छ तर आज बिहान १ घण्टा शहरमा निस्किदा यहाँको अवस्था देखेर चिन्ता लाग्यो ।” अध्यक्ष प्रचण्डले भने यो शहरलाई सुन्दर र विकशित शहर बनाउन तपाई हामी लाग्नु ज़रूरी छ ।”

अध्यक्ष प्रचण्डले राजविराजलाई नया र विकसित शहर बनाऊन सरकारबाट बिशेस प्याकेज कार्यक्रम आवश्यक रहेको बताए । “सरकारले नै यसको पुनर्निर्माणका लागि प्याकेजमा योजना ल्याऊनु पर्छ । म यसका लागि पहल गर्छु ।”

कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेशमा माओवादीप्रति जनलहर देखिएको बाताए । उनले भने “मधेशका जनताले फेरी हामिलाइ विश्वास गरेका छन । अब हामी मधेशको विकासमा लाग्छौँ ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!