सहीदका सपना पुरा नभएसम्म लडाई जारी रहन्छः प्रचण्ड

सप्तरी, भदौ २८ । सहीदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न परिवर्तनकारी पार्टीका पक्षमा मतदान गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आव्हान गरेका छन्  ।

सप्तरी ज़िल्लाको शम्भूनाथ नगरपालिकास्थित खोकसर परवाहामा निर्माण गरिएको सहीद गोविन्द चौधरी ९दीपु० को शालिक अनावरण गरेपछि सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा भएको हो ।

सहीद गोविन्द चौधरी २०६४ साल असार ९ गते मधेश आन्दोलनका क्रममा मृत्यु भएको थियो ।

अध्यक्ष प्रचण्डले सहीद गोविन्दका आमासंग समेत भेट गरेका छन् ।

सहीदको शालिक अनावरणपछि स्थानीय जनसमुदायलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्द र मधेशलगायत अन्य आन्दोलनमा सहीद हुनु भएका हज़ारौ नेपालीहरूको रगतको बलिदानले अहिलेको उपलब्धि हासिल भएको बताउनु भयो । ‘हज़ारौको सहादतले गणतंत्र नेपालको स्थापना भाएको छ । स्थानीय जनताले आफ्नो सरकार आफ़ै चुन्न सक्ने अवस्था सिर्जना भएको छ ।’ प्रचण्डले भन्नुभयो, ‘तर अझै धेरै गर्न बाँकि छ । परिवर्तनका उपलब्धिहरू संस्थागत गर्ने चुनौती छ ।’

अध्यक्ष प्रचण्डले सहीदको बलिदान खेर न जाने र सहीदका सपना पूरा नभएसम्म आफु लड़िरहने बताए ।

सहीदका सपनाहरू खोस्न प्रतिगामी र जनबिरोधीहरू सक्रिय रहेको बताऊँदै अध्यक्ष प्रचण्डले निर्वाचनमा परिवर्तनकारी पार्टीलाई बिजय गराऊन सके मात्र सपना पूरा गर्न सकिने बताए ।

‘अब जातीय या क्षेत्रीय पार्टीबाट मधेश र मधेशका उत्पीडित जनताको मुक्ति र समृदी सम्भव छैन । परिवर्तनका लागी संघर्ष गर्ने पार्टीले मात्र मधेश र अन्य उत्पीडित जाति, क्षेत्र र समुदायको प्रगति गर्न सकछ । हामिले यो प्रमाणित समेत गरेका छौ’ प्रचण्डले भने ।

तराई मधेश र हिमाललाई जुटाउन माओवादीले मात्र सकेको उनले बताए ।

‘अरुले लड़ाऊन खोजे, देश टुकरयाउन खोजे, मैले सरकारको नेतृत्व गरेपछि मात्र देशमा अतिवादी प्रवृतिको अन्त्य भएरसबै निर्वाचनमा आएका छन’ उनले भने । अध्यक्ष प्रचण्डले सप्तरीका बिभिन्न स्थानमा स्थानीय जनतासँग भेटघाट गरिरहेका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!