मुस्लिम र दलितलाई बिशेष अधिकारको पहलका लागि अध्यक्ष प्रचण्डसँग अनुरोध

राजबिराज, भदौ २८ । मधेसभित्र मधेशीबाट नै उत्पीड़नमा परेका वर्ग र समुदायलाई बिशेष अधिकारका लागि पहलका लागि मुश्लिम समुदायले माग गरेका छन ।

सप्तरिको राजबिराज आइ पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आज बिहान भेट गर्दै स्थानीय मुश्लिम समुदायका प्रतिनिधिले सरकारी सुबिधाहरूमा मधेशी समुदायले आरक्षण पाए पनि त्यासको फाइदा मधेशका टाठाबाठाहरूले मात्र उपभोग गरिरहेको गुनासो गरे ।

“मधेश मात्रै भनेर वर्गीकरण गर्दा मेडिकलदेखि निजामतीसम्म मधेशका हुनेखानेहरूले फाईदा लिने तर दलित, मुस्लिम समुदायहरूले त्यसबाट लाभ लीन सकेका छैनन ।” मुस्लिम प्रतिनिधिहरूले भने, “हामिलाइ बिशेस अधिकारका लागी बिशेष पहल गरिदिनु पर्यो ।” मुस्लिम समुदायलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीले दलित, महिला र मुस्लिम समुदायलाई बिशेस अधिकार दिन माओवादी केन्द्रले लामो संघर्ष गरेको बताए । प्रचण्डले भने, “हाम्रो संघर्षका कारण अहिलेको संबिधानमा कतिपय अधिकार संस्थागत गर्न सफल भएका छौ ।सामाजिक न्यायदेखि मुस्लिम र अन्य अल्पसंख्यक समुदायका अधिकार भए पनि यसलाई कार्यान्वयन गर्ने चुनौती रहेको छ ”

मुस्लिम समुदायको अधिकारका लागि माओवादीले मात्र संघर्ष गरेको र यसकै कारण देश धर्म निरपेक्ष हुन सकेको अध्यक्ष प्रचण्डको भनाइ थियो । “तपाईहरूले त आँखा चिम्लेर माओवादीलाई समर्थन गर्नु पर्छ ।”, अध्यक्षले भने, “को मित्र हो चिन्नुपर्छ । अरु पार्टीबाट मुस्लिम समुदायको अधिकारको पहल सम्भव छैन ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!