मधेसले आफ्नो मताधिकारको कदर गर्नुपर्छ

उमेश बन्जाडे/

अस्ति भर्खरै आएको बाढिले चुर्लुम्म डुबाएको मधेस यतिबेला गास, बास र कपासको चरम अभावका कारण आहात बनेको छ। केही वर्षअघि पहाडमा भुइँचालो जाँदा हर सम्भव जुटाएर सहयोगको कुनै कसर बाँकी नछोडेको मधेसले, आज उस्तै दयालु मनहरुको व्यग्र प्रतीक्षा गरिरहेको छ। आज मात्र होईन प्रायः वर्षेनि यस्तोखाले प्रकोपहरुले खुसिहरु लुटेर स्तब्ध बनाउने मधेसको माटो र मनहरु यतिबेला फेरिपनी बाढिबाट निथ्रुक्क भिजेर ओसिएका छन् । आंशिक रुपमा सरकार तथा केही ब्यक्ति र समूहले राहत वितरण गरेतापनी वर्षौंलगाएर जोडेको सम्पत्ति एवं घरपरिवार बगाएको घाउमा सामान्य मल्हम मात्र लगाएर खाटो बस्न सक्ने अवस्था देखिन्न।

 हिजोका दिनमा मधेसलाई बिहार देख्ने, पहाडलाई कुमाउँ(गढवाल देख्ने र हिमाललाई चीन, तिब्बत देख्नेहरु पनि, आज हामी समग्र नेपालीको एकत्त्व चाहान्छौ भन्दै मधेस झरेका छन।

उमेश बन्जाडे

अहिले विशेषत यतिबेलै मधेस अर्थात दुई नम्बर प्रदेशका विभिन्न जिल्लामा आगामी साताहुुुने स्थानीयतह चुनावको रौनक सुरु भएसँगै कार्यकर्ता आकर्षित गरेर शक्ति प्रदर्शन गर्ने एवं आफू मधेस र मधेसिका समस्या सँग नजिक रहेको भान गराउन होड नै सुरु भएको छ । हिजोका दिनमा मधेसलाई बिहार देख्ने, पहाडलाई कुमाउँ(गढवाल देख्ने र हिमाललाई चीन, तिब्बत देख्नेहरु पनि, आज हामी समग्र नेपालीको एकत्त्व चाहान्छौ भन्दै मधेस झरेका छन। आफ्नै देशका नागरिकले अधिकार माग्दा बिहारिको संज्ञादिँदै छातिमा गोलि ठोकेर ूकुहिएको आँप झार्योू भन्दै कुर्लिनेहरु पनि मधेस र मधेसिको अभिभावकका रुपमा चित्रित गर्दै मधेस झरेका छ्न ।

सत्ता प्राप्तिको कल्पनामा चुर्लुम्म डुबि मधेस र पहाडका बिचमा नकारात्मक भावनाहरू सिर्जना गराएर देशलाई लामो समय राजनीतिक अस्थिताको परिबन्धन ले बाँध्ने पश्चागामीहरु आज मधेस हुँदै देशका समग्र समस्याहरुको समाधान गोजिमै बोकेर अहिल्यै परिपुर्ति गर्छन् झैँ अभिनय गरि, चुनावी नतिजा आफ्नो पोल्टामा पार्न कन्दनी कँसेरै लागि परेकाछन। यता त्यही प्रवृतिले सात्तामा टाँसिएर अस्तव्यस्त बनाएको देश र हाम्रो भावनालाई एकीकृत गर्न, आफ्नै देशमा पनि पराइ झैँ लाग्नेगरी मौलाएको कुगन्धको अन्त्य गर्न हरबखत आफुले हारेरै भएपनी अपन्त्वको शुगन्ध छर्न प्रयत्न गरिरहने अर्को शक्ति पनि आफ्ना बिचार र एजेन्डा प्रष्ट्याउँदै मधेस झरेको छ।

यतिबेला चुनावी अभियानका नाममा विभिन्न जिल्लामा भोजभतेर गरिएका खबरहरु पनि बाहिर आएकाछन। जबसम्म मासु, रक्सि र पैसा भरिएको मानसिकता मा एजेन्डा र राजनीतिक बिचार भर्न सकिदैन तबसम्म कुशल नेतृत्वले समाजमा स्थान पाउन सक्दैनन।

अब ती सबै विभाजित मनहरूलाई एकीकृत गर्दै नेपाल र नेपाली भई सहर्ष बाँच्न पाउने वातावरण बनाउँदै राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउँदै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्ने राजनीतिक नेतृत्वलाई आफ्नो अभिभावक चयन गर्ने वा विभिन्न परिवर्तनहरूलाई प्रदूषित गर्दै आफ्ना स(साना स्वार्थहरू पूरा गर्दै, आपसमा लड्दै भिड्दै आरोप प्रत्याआरोप लगाउँदै मुलुकलाई अनिर्णयको बन्दी बनाइराख्ने अथवा अधिकार माग्दा बिहार जाउ भन्ने कुनियतीका महासेठहरुलाई चुलीमा पुर्याउने त्यो उहीँ मधेस र मधेसी जनताको स्वैच्छिक स्वतन्त्रताको विषय हो। शासन व्यवस्थाका अन्तिम र निर्णायक जनता नै हुन् भन्नेकुरो यहीँनेर लागू हुनेछ। यतिबेला चुनावी अभियानका नाममा विभिन्न जिल्लामा भोजभतेर गरिएका खबरहरु पनि बाहिर आएकाछन। ूजबसम्म मासु, रक्सि र पैसा भरिएको मानसिकता मा एजेन्डा र राजनीतिक बिचार भर्न सकिदैन तबसम्म कुशल नेतृत्वले समाजमा स्थान पाउन सक्दैनन।

विगत देखिनै चुनाव जित्नको लागि अनेकौं हत्कण्डा अपनाउने र जितिसके पश्चात् सामाजिक बिकासको संकल्पलाई आफ्नो लुटिखाने मन्त्रको रुपमा प्रयोग गर्नेहरुले फेरिपनी स्थानीय चुनावमा मासुको थुप्रो र रक्सीको खोलो बगाउँदै छन। एक चोक्टा मासु र एक घुट्को रक्सीमा पल भरको लागि रमाउँदा भविष्यमा पश्चातापले आफ्नै पुर्पुरो ठोकेर रुनुनपोरोस । आफ्नो अमुल्य मतको सदुपयोग गरौं ( हरेक सचेत मतदाता हरुलाई हार्दिक अपील हो यो। आफ्नै राष्ट्र भित्रको एउटा सम्प्रदायको नागरिकलाई कहिले बिहारी कहिले कुहिएको आँप कहिले कालो भन्दै अर्को सम्प्रदायको नागरिकलाई उत्तेजित बनाएर आफ्नो निहित स्वार्थ परिपुर्ती गर्न खोज्ने पाखाण्ड राष्ट्रवाद मात्र नभएर ठूलो अपराध पनि हो। यसको सजाय मधेसी जनताले यहि स्थानीय तहको निर्वाचन बाट दिने गतिलो अवसर पनि हो, यो।

अझ सिधै भन्दा आउने पुस्ताको भविस्य अन्धकारमा धकेल्नु हो। एक चोक्टा मासु र एक गिलास रक्सी खुवाएका नेताले कुर्सीमा पुगेको भोलिपल्टै बाट राज्य कोषको कसरी दोहन गरेका छन,

हामी देख्दै छौँ( एसअघि चुनाव जित्नकै लागी जनसेवाका अनेकौं अक्षरले भरिएका कागजी एजेन्डाहरु देखाएर नौटंकी गर्दै निकास र बिकाशका ढ्वाङ फुक्नेहरु, जब चुनाब जिते महानगर, नगर र गाउँपालीका को करोडौं र अरबौं बजेट देखेर, अब कसरी लुटौं भन्ने ध्याउन्न मा लागेका छन् । फेरिपनि एकछाक खाना, केही चोक्टा मासु र केही गिलास रक्सीसँग आफ्नो अमुल्य मत साट्नु र देख्दा देख्दै उही उहीँ प्रवृतिलाई भनेको आफ्ना सन्ततिका लागि ठूलो अपराधगरि चोरलाई चौतारी सुम्पिएझैँ हो। अझ सिधै भन्दा
आउने पुस्ताको भविस्य अन्धकारमा धकेल्नु हो। एक चोक्टा मासु र एक गिलास रक्सी खुवाएका नेताले कुर्सीमा पुगेको भोलिपल्टै बाट राज्य कोषको कसरी दोहन गरेका छन, यस अघि सम्पन्न स्थानीय तहको निर्वाचन बाट निर्वाचित केही ठुला निकायका जनप्रतिनिधिहरुको व्यबहार बाट समेत सहजै अड्कल काट्न सकिन्छ। त्यसैले आफ्नो मत र मताधिकारको कदर गर्नुस। सोँचेर मतदान गर्नुस् ( ताकि फेरि पाँच वर्षसम्म पछुताउन नपरोस। आफुले गरेको मतदानलाई सम्झिएर हिन्ताबोध र आफैले ग्लानी गर्ने दिन नआवस। त्यसो हुन नदिनको लागि अग्रगमन र राष्ट्रिय एकताको पक्षधर अभिभावक लाई मतदान गरेर आफ्नो मताधिकारको सम्मान र कदर गर्नुस् ।
( लमही दाङ, हालस् क्वालालम्पुर मलेसिया)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!