बारामा ४ गतेसम्म रक्सी बन्द

बारा, भदौ २७ । नजिकिँदो तेश्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बारामा आगामी असोज ४ गतेसम्मका लागि रक्सी खान र बिक्री वितरण गर्न स्थानीय प्रशासनले रोक लगाएको छ ।

मंगलबारदेखि कसैले पनि मदिराजन्य पदार्थ बेच्न खान नपाइने प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निर्णय गरेको हो ।

इजाजत पत्र लिएका पसल, होटल, रेष्टुरेन्ट समेतमा रक्सी बिक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!