आईजीपी सिलवालको रिट खारेज

काठमाडौं भाद्र २७ । २०७४ सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालले आफुलाई प्रहरी महानिरिक्षक बनाउन माग गर्दै दाएर गरेको रिट निवेदन खारेज गरेको छ ।

सर्वोच्च अदालतले प्रहरी महानिरिक्षक बढुवासम्बन्धी विवादमा चार वर्षको कार्यसम्पादन मूल्यांकनअनुसार प्रहरी महानिरीक्षक प्रकाश अर्याल नै अगाडि भएको फैसला गरेको हो ।

सिलवालको रिट खारेज भएपछि अर्याललाई आइजीपीका रुपमा सहज रुपमा काम गर्न थप मार्ग प्रशस्त भएको छ । चार डीआईजी मध्ये आफू कार्यसम्पादनमा अगाडि रहेको दाबी सिलवालको थियो ।

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरु ओम प्रकाश मिश्र, सारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत पुर्ण इजलासले सिलवालको माग दावी नपुगेको ठहर गर्दै रिट खारेज गरेको हो ।

आव २०६९\०७०, २०७०\०७१, २०७१\०७२ र २०७२\०७३ को लोक सेवा आयोग समेतबाट प्राप्त सक्कल कार्यसम्पादन मूल्यांकन फारामको खोजी अंक गणना गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने अर्याल नै रहेको आदेशमा उल्लेख छ । जसअनुसार अर्यालले १५४.२ र सिलवालको १५२.४६७ अंक रहेको उल्लेख छ ।

बरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको अवस्थामा दोस्रो बरियताका डीआईजी अर्याललाई आईजीपी बनाइएको भन्दै सिलवाल अदालत गएका थिए ।

आजको फैसलाले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको बृहत पूर्ण इजलासको फैसलामा भने प्रश्न उठाएको छ ।

सरकारले गत चैत २८ गते नायव महानिरिक्षक प्रकाश अर्याललाई महानिरिक्षकमा गरेको बढुवा/संविधान, काुनन तथा प्रहरी नियमावली अनुसार नै भएको सर्वोच्चको ठहर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!