८८ दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने

काठमाडौं, भदौ २७ । प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ सहभागी हुन निर्वाचन आयोगमा ८८ वटा दल दर्ता भएका छन् ।

गत आइतवार दल दर्ताका लागि आयोगले आजसम्मको मिति तोकेको थियो । सो अवधिमा जम्मा ८८ दलले समानुपातिक तर्फको निर्वाचनमा सहभागी हुन निवेदन दिएका हुन् ।

यसअघि प्रत्यक्ष तर्फ सहभागी हुन ९५ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

समानुपातिक तर्फको निर्वाचनमा सहभागी हुन निवेदन दिएका दल उपर भोलीबाट छानविन सुरु गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!