चुनावमा अत्यधिक पैसा खर्च गरेको देखियो–अध्यक्ष प्रचण्ड

बिराटनगर, भदौ २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा राजनीतिक दलहरूले अत्यधिक पैसा खर्च गरेको बताएका छन् ।

चुनावी अभियानका क्रममा प्रदेश नम्बर २ जाने क्रममा बिराटनगर बिमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मतदातालाई प्रभावमा पार्न अन्य दलहरूले पैसा खर्च गरेको टिप्पणी गरे ।

‘दलहरूले ठूलो रक़म खर्च गरेका छन’ प्रचण्डले भने ‘तर मधेशका जनतामा फ़िज़ाईएको भ्रम हटेको छ । मधेशी जनताको अधिकारका लागी सच्चारूपमा लड़ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले बुझेका छन ।’

प्रचण्डले निर्वाचन अभियानकै क्रममा राजपा र अन्य दलबाट हज़ारौ संख्यामा पार्टी प्रवेश गरेको उदाहरण दिदै निर्वाचनमा माओवादीको पक्षमा जनलहर आएको बताए ।

मधेशमा शांतिपूर्ण ढंगले निर्वाचन हुनेमा बिश्वस्त रहेको उनले बताए । ‘सरकारको नेतृत्व गरेपछि असंतुस्ट मधेशी दलहरुलाई बिस्वासमा ल्याएर सबैलाई चुनावसम्म ल्याऊनु सामान्य थिएन ।’ प्रचण्डले भने, ‘अहिले आफूले गरेको मेहनतको फल पाऊँदा ख़ुशी लागेको छ । सबै निर्वाचनमा सहभागी छन । देशको एकता नै खलबिने स्थितिको अन्त्य भएको छ । मधेशलाई निषेध गर्न ख़ोज़्ने पहाड़िया उच्च जातीय अहंकारवाद र मधेशी अतिवादको अन्त्य भएको छ ।’

प्रचण्डले सबैको सहभागिता र निर्वाचन प्रणालीलाई कम खर्चीलो बनाउन र पैसा नभएकाहरूलाई समेत निर्वाचन लडन सक्ने अवस्थाका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक भएको बताए । प्रचण्डले भने, ‘यो रास्ट्रिय एकता र सासनसत्तामा हरेक नेपालीको स्वामित्व र अपनत्वको समेत ग्यारेंटी हुंछ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!