महिला तथा बालबालिका हिंसाका विरुद्ध कडा रुपमा प्रस्तुत हुने : मन्त्री कोइराला

काठमाडौ, भदौ २७ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा काइरालाले समाजमा हुने महिला बालबालिकामाथिको हिंसालाई रोक्न आफू प्रतिवद्ध भएको बताएकी छिन् ।

मंगलबार सिंहदरवारमा आयोजित पत्रकार भेला कार्यक्रममा मन्त्री कोइरालाले कुरिती र अन्धविश्वासका कारण महिलाहरु अझै पनि हिंसामा पर्नुपरेको उल्लेख गर्दै त्यसलाई एकै चोटी हटाउन नसकिएपनि अब कडा रुपमा प्रस्तुत हुने बताएकी हुन् । मन्त्रालय सम्हालेपश्चात मन्त्री कोइरालले हालसम्म महिला, बालबालिका तथा वृद्ध–वृद्धाहरुलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै महिला हिंसामा पर्नुको मूल कारण आर्थिक सक्रियता नहुनु भएकाले महिलाहरु पनि हिंसाको विरुद्ध आफैले पनि आवाज उठाउन जरुरी रहेको बताइन् ।

महिलामाथि हुने गरेको कुरिटी र अपराधको अत्यका लागि उनले एउटा टिम तयार पार्ने जहाँ नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न महिलाहिंसा विरुद्ध लड्ने संस्थाहरुको संलग्नता रहने उनले बताइन् । उक्त टिमले सामाजिक अपराध र हिंसाको विरुद्ध काम गर्ने पनि उनको भनाई थियो ।

नेपाल जस्तो विकाशोन्मुख मुलुकमा एकाथरि महिलाहरु धेरै अगाडि पुगिसकेको र अर्का थरि महिलाहरु दिनहुँ हत्या र हिंसाको चपेटामा पर्नुपर्ने बाध्यता भएका कारण महिलाहरुलाई दक्ष र प्रशिक्षण दिई आत्मविश्वासिलो बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्