भारतमा माओवादी विद्यार्थी संगठनको नेतृत्वमा बस्नेत

दिल्ली, भदौ २६ । नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली विद्यार्थी मञ्च सयुक्त क्षेत्रीय समितीको सीए अध्ययनरत विद्यार्थीहरुको अध्यक्षमा मदन बस्नेत निर्वाचित भएका छन । बस्नेतको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ ।

भारतको राजधानी नयाँदिल्लीको लक्ष्मीनगरमा दिल्ली एनसीआरका सीए विद्यार्थी भेला गरि विद्यार्थी नेता हिमाल अर्यालको अध्यक्षतामा एक समिति गठन भएको हो ।

विशिष्ट अतिथी नेकपा माओवादी केन्द्रका स्थायी समिती सद्स्य लक्ष्मण पन्तले समग्र रुपमा विद्यार्थी आन्दोलन र अग्रगामी राष्ट्र निर्माणमा विद्यार्थीहरुको भुमिकाबारे बताएका थिए ।

प्रमुख अतिथी अखिल भारत नेपाली एकता मंचका केन्द्रीय अध्यक्ष ईश्वरी भण्डारीले प्रवासी नेपालीका समस्या र समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सचीव आरबी खड्काले युवा शक्ति परिवर्तनका संवाहक र राष्ट्र निर्माणको मेरुदण्ड भएको बताए ।

नवनिर्वाचितहरुलाई सयुक्त क्षेत्रीय समिती अध्यक्ष ज्ञानुबहादुर केसी र विद्यार्थी विभाग प्रमुख कृष्णसिंहले शुभकामना मन्तब्य राखेका थिए ।

अध्यक्ष अर्यालले माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पठाएको शुभकामना वाचन गरेर कार्य्रकम समापन भएको थियो ।

निर्वाचित समिति
मदन बस्नेत –अध्यक्ष
युवराज पोखरेल –वरिष्ठ उपाध्यक्ष
रामअवदेश महतो –उपाध्यक्ष
नवीन जिसि –महासचिव,
संजय सापकोटा –सचिव
प्रदीप कार्की –सहसचिव
रन्जित भण्डारी –सह सचीव
कोषाध्यक्ष नवीन भुर्तेलसहित २१ सदस्यीय विद्यार्थी समिति गठन गरिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!