माला लिम्बुको दमदार अभिनय रहेको गीत ‘ट्राफिक जाम’ सार्वजनिक (भिडियाे)

काठमाडौं, भदौ २६ । गायकभुवन प्यासी नयाँ गीत ‘ट्राफिक जाम’को भिडियो सोमबार सार्वजनिक भएको छ ।

जसमा पछिल्लो समयकी चर्चित मोडल माला लिम्बुको अभिनय रहेको छ । ‘आयान’ एल्बममा समावेश यो गीतमा भुवन र राजेन्द्र बजगाँइको शब्द र राजेन्द्रकै संगीत छ ।

शिव विकले निर्देशन गरेको यो भिडियोले सांगीतिक बजारमा चलेका गीतहरुको ट्रेन भन्दा केही फरकपना दिने कोशिस गरेको गायक प्यासी बताउँछन् ।

मोडल लिम्बुका माध्यबाट गायक प्यासीले वैशाँलु उमेरका युवतीको सुन्दरताको वर्णन गर्दै उनकै कारण शहरका चोकमा ट्राफिक जाम भएको कुरालाई उठाएका छन् ।

निशान घिमिरेको सम्पादन रहेको भिडियोलार्इ अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!