२५ म्यानपावर कम्पनीलाई कडा कारबाही गर्न विभागलाई अख्तियारको निर्देशन

काठमाडौं, भदौ २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ वटा म्यानपावर कम्पनीको नाम वैदेशिक रोजगार विभागलाई पठाउँदै ती कम्पनीलाई छानविन गरि कडा कारबाही गर्न निर्देशन दिएको छ ।

कामदारसँग सरकारले तोकेभन्दा बढी रकम लिने, व्यक्तिले ल्याएका भिसालाई श्रम स्वीकृति लिएर विदेश पठाउने, कर छलि गर्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न अख्तियारले विभागलाई निर्देशन दिएको हो ।

विभागले अख्तियारले पठाएको सूचीमा परेका म्यानपावर कम्पनीमाथी छानविन भैरहेको बताएको छ । यस अघिपनि आयोगले विभिन्न विभागलाई यस्तो निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!