श्रीमति हराएको झोंकमा ससुरामाथि सांघातिक आक्रमणमा

खोटाङ, भदौ २६ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका ज्वाइँ गणेश खनालको सांघातिक आक्रमणबाट सोही नगरपालिका–३ बाम्राङका पदमबहादुर पाण्डे गम्भीर घाइते भएका हुन् ।

खनालले ससुरालीमै आएर आइतबार बिहान ससुरा सुतिरहेकै ठाउँमा लट्ठी र खुकुरीले आक्रमण गरेका थिए । टाउको, ढाड र खुट्टामा चोट लागेका पाण्डेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खनालकी श्रीमती हराएको विषयमा ससुरासँग विवाद भएपछि उनले आक्रमण गरेको आफन्तले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!