निर्वाचनका लागि तराइमा सुरक्षा व्यवस्था कडा

काठमाडौं, भदौ । नजिकिँदो दुई नंम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि तराईमा आवश्यक सुरक्षा तयारी पूरा भएको र सुरक्षा व्यवस्था कडा पारिएको गृहमन्त्रालयले जनाएको छ ।

आगामी असोज २ गते तराईका ८ जिल्लामा हुन लागेको स्थानीय निर्वाचनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलगायत ६० हजार जनशक्ति परिचालन गरिने गृहमन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई लक्षित गरेर तराईका विभिन्न नाकाहरुमा सुरक्षा जाँच बढाइएको छ भने निर्वाचन भन्दा ७२ घण्टा अगाडी देखि नेपाल भारत सीमा बन्द गरिने भएको छ ।

त्यस्तै निर्वाचन पछि मत गणनाका लागि पनि सुरक्षा व्यवस्था कडा बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकेको गृहमन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!