इन्द्रजात्रामा यसरी पिए महिलाले जाँड

काठमाडौंँ, भदौ २६ । हिजो आइतबार इन्द्रजात्राको अन्तिम दिन काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाएका छन्। यस इन्द्रजात्रालाई यञ्या पुन्हि पनि भनिन्छ।

उपत्यकामा आठ दिनसम्म इन्द्र जात्रा मनाइन्छ । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

यी ८ दिनमध्ये १ दिन हनुमानढोकामा रहेको श्वेत भैरव (हाथा द्यः) को मुखबाट निस्कने प्रसाद महिलालाई मात्रै खुवाइन्छ । प्रसादको रुपमा कथःथ्व (जाँड) खुवाउने चलन छ । प्रसाद खान चाहने महिलाहरु लाइन लाग्नु पर्छ । प्रसाद रातको समय खुवाइन्छ ।

बिहीबार राति पनि प्रसाद खान सैयौं महिला हनुमानढोकामा उपस्थित भएका थिए । उनीहरु प्रसाद खान तँछाडमछाड गरिरहेका थिए । श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!