तीन मन्त्रीले लिए सपथ

काठमाडौं, भदौ २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासस्थितमा आयोजित एक समारोहका बीच उनीहरुले सपथ ग्रहण गरेका हुन् ।

मन्त्रिपरिषद्मा प्रवेश पाएका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सपथ ग्रहण गराएकी हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत सहभागी भएका थिए ।

उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका रेशम लामाले पनि आजै सपथ लिने कार्यक्रम छ । उनको सपथ भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ ।

देउवा सरकारले यो पाँचौ पटक मन्त्रि मण्डल विस्तार गरेका हुन् । यो समेत अब मन्त्री परिषदमा ५४ सदस्य मण्डल हुनेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!