थाइल्याण्डमाथि नेपालको शानदार जित, २ सय ५६ को फराकिलो अन्तर

काठमाडौं, भदौ २६ । मलेसियामा जारी एसिसी यु–१९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडलाई २ सय ५६ को फराकिलो अन्तरले पराजित गरेको छ ।

पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रन बनाए ।

अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो ।
१० ओभरमा अलआउट गरेको छ ।

नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भएकाे हाे । थाइल्यान्डका कुनै पनि खेलाडीले दाेहाेराे रन बनाउन सकेनन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!