घाँस काट्न जाँदा ज्यान गयो

कपिलवस्तु, भदौ २६ । कपिलवस्तुमा घाँस काट्न गएका दुई महिलाको ज्यान गएको छ ।

यशोधरा गाउँपालिका–२ भडेहरका १२ वर्षीया रिमा कोहार र ३५ वर्षीय इन्द्रावती यादव घाँस काट्न गएको बेला खाल्डोमा खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

घाँस काट्ने क्रममा खाल्डोमा खसेकी रिमालाई बचाउन गएकी इन्द्रावती पनि सोही खाल्डोमा फसेकी हुन् ।

उनीहरु दुवैको उद्धार गरी जिल्ला अस्पताल तौलिहवा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!