इन्द्रजात्राको अन्तिम दिन उपमेयरसहित महिलाहरुले कुमारीको रथ तान्दै

काठमाडौँ, भदौ २६ । हिजो आइतबार इन्द्रजात्राको अन्तिम दिन काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीसहित महिलाहरुले जीवित देवी कुमारीको रथ तानेका छन् ।

नानिचा याः भनिने रथ तान्ने प्रचलन राणाकालमा सुरु भएको हो । तर केही वर्ष अघिदेखि यो दिन महिलाले रथ तान्ने नयाँ चलन सुरु भएको हो।

इन्द्रजात्राको अन्तिम दिन हिजो आइतबार रथ वसन्तपुरबाट तानेर विभिन्न ठाउँको परिक्रमापछि पुनः वसन्तपुरमै पुर्‍याइएपछि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिले कुमारीको दर्शन गर्ने गर्छन् । यसै दिनदेखि जीवित देवी कुमारीको दर्शन गरी टीका लगाउन सर्वसाधारणलाई दशैँसम्म कुमारी घरमा व्यवस्था गरिन्छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!