पृथक खालकाे दसैं तिहार गीत सार्वजनिक (भिडियो सहित)

बिगत १० बर्ष देखी  साँगेतीक क्षेत्रमा उदायका सफल गायक जय देवकोटाले पृथक खालको दसैं तिहार गित सार्वजनिक गरेका छन् ।  गीतमा नेपालको इतिहासमा पहिलोपटक ८ जना कलाकारले आवाज दिएका छन् ।  गीतको बोल दशै तिहार परिवार राखिएको छ ।

इन्द्र जिसि, गोविन्द मधुर आचार्य, जय देवकोटा, कर्ण सन्ज्याल, लोकेन्द्र शाही, सरिता थापा, रेखा जोशी र प्रतिमा विश्वकर्मा गरि ८ जना ले स्वर दिएकाे गीत मार्फत परदेसको बिरानो ठाँउ र नेपालको मायामोहको यादहरुलाई गीतमा वास्तविकता र जिबन्त बनाउन खाेजीएकाे छ ।

भिडियोमा रमा थपलिया, इन्द्र जिसि, गोविन्द मधुर आचार्य, जय देवकोटा, कर्ण सन्ज्याल, लोकेन्द्र शाही, रुबिना अधिकारी, प्रतिमा विश्वकर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

टि टाइम म्युजिक प्रा‍.लि.को प्रस्तुतिमा बजारमा आएको गितमा सन्तोष पौडेलको ध्वनि संमिश्रण, राजु कार्की को एरेन्ज, सुदिप कुवर को निर्देशन, विकास ज्ञवालीको सम्पादन रहेको छ ।

 

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!