कतारका लम्जुंगेले सम्झे स्व. डा.डिना लाई

सिताराम थापा/

दोहा । ४५ औ पुन्य तिथिको अबसर पारेर लम्जुङ सेवा समाज कतारले स्व डा। डिना वाङ्देलको स्मरणमा श्रदान्जली सभाको कायक्रम सम्पन्न गरेको छ । बिगत केही बर्स देखि कतारको प्रतिष्ठित शैक्षिक सस्था  भर्जिनिया कमन वल्थ युनिभर्सिटिको कला बिभाग प्रमुखको रुपमा कार्यरत डा। वाङदेल बरिस्ट साहित्यकार एबम सस्कृतविद स्व। लैन सिङ वाङ्देल कि सुपुत्री हुन । गत जुलाइ २५ तारिकका दिन नाकको उपचारको क्रममा अमेरिकाको हस्पिटलमा ५४ बर्षको उमेरमा उपचारको क्रममा असामयिक निधन भएको थियो ।

सस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठको सभापतित्वमा सन्चालन भएको श्रदान्जली सभामा सस्थाका पदाधिकारी , स्वर्गिय डा. वाङ्देलका आफन्तजन तथा अन्य शुभ चिन्तकहरुको उपस्थिती थियो । कार्यक्रममा उपस्थित सबै लाई स्वागत गर्दै सस्थाका कोसाध्क्ष्य बिनोद बसौलाले लम्जुङ सेवा समाज कतार र स्व। डा। वाङ्देल बिचको सम्बन्ध तथा लम्जुङेहरु प्रती उहाले देखाउनु भएको सद्भाव र मायाको बारेमा चर्चा गर्नु भएको थियो साथै उहाँले गत जनबरी महिनामा एनआरएनए कतारको समन्वय र भिसियु कतारको आयोजनामा आयोजित कतार नेपाल भिजुअल आर्ट कार्यक्रममा नेपाल बाट आमन्त्रित लम्जुङे चित्रकार हितमान गुरुङको उपस्थितिले डा। वाङ्देल र लम्जुङ समाज कतार को सम्बन्ध अझ प्रगाढ भएको कुरा लाई स्मरण गराउनु भयो ।

त्यस्तै शोक मन्तव्य राख्ने क्रममा डा। वाङ्देलका आफन्त तथा सहयात्री डा। देब काजी डङगोलले उहाँको मृत आत्मको चिरशान्ति को कामना ब्यक्त गर्नु भयो । भावुक हुँदै डा। डङोल ले डा। डिनाको मृत्यु हामी सबैलाई मृत्यु नभइ केबल कोमामा रहेको जस्तो र कुनै बेला फेरि फर्केर आउन सक्ने भ्रम भइरहेको बताउनु भयो । त्यस्तै शोक मन्तब्यकै क्रममा अर्का सहयात्री एबम आफन्त सुजेन्द्र श्रेष्ठले डा। डिनाको ब्यक्तिगत जिवनी र उहाँले नेपाली कला र सस्कृतीको जगेर्ना गर्न खेल्नु भएको भुमिका बारेमा चर्चा गर्दै उहाको निधनले नेपाली समाजलाई ठुलो क्षति पुगेको कुरा ब्यक्त गर्नु भयो । सस्थाका संरक्षक पुर्ण पोखरिया र सल्लाहकार कृष्ण बराल तथा प्रबासी नेपाली मंच कतारका अध्यक्ष चानक पोख्रेलले पनि शोक मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा शोकमा डुबेका डा। डिनाका श्रीमान डा। बिभाकर शाक्यले उनको सम्झनामा लेख्नु भएको कबिताको भिडियो क्लिप र उहाँका जिवनी सहितको अन्तर्बार्ता को भिडियोलाई प्रोजेक्टर बाट देखाइएको थियो ।

एक जना कला क्षेत्रको ब्यक्तित्वलाई गुमाउदै गर्दा उहाँको चित्रकला सम्बन्धि अधुरा सपना लाई पूरा गर्नको लागि हामी कसै न कसै ले जिम्मेवारी पुर्ण दायित्व लिनु आबस्यक छ भन्ने अभिप्रायले बिगत १५ बर्ष देखि दोहामा गुमनाम हुँदै चित्रकारिता गर्दै आउनु भएका मोरङ उर्लाबारी १ निवासी मन बहादुर सुब्बा लाई उहाँको उत्कृष्ट चित्रहरु सहित सार्बजनिक गरिएको थियो । उहाले कोर्नु भएका उत्कृष्ट चित्र र उहाँको चित्रकारिताको उच्च मुल्यन्कन गर्दै उहालाइ सस्थाले सम्मान पत्र प्रदान गरेको थियो । छोटो समयमा सुब्बा ले तयार गर्नु भएको स्व डा।डिना को स्केच फोटो समेत प्रदर्सन गर्दै उक्त फोटो उहाँको परिवारको हात सम्म पुरयाउन आफन्तलाई हस्तान्तरण गरिएको थियो ।

सस्थाका महासचिब सिताराम थापाले सन्चालन गर्नु भएको दोहाको टपफर्म को सभाहलमा सम्पन्न श्रदान्जली सभाको कार्यक्रम बिदाको दिन नपरेको बाध्यात्मक परिस्थितीले गर्दा उपस्थिति संख्या अपेक्षकृत हुन सकेको थिएन तथापी रास्टिय गौरब र सामाजिक दायित्व बोकेर हिड्ने प्रतिस्ठित ब्यक्तीहरुको सम्मान केबल जिवित हुदा मात्र नभई मृत्यु पश्चात् पनि उत्तिकै हुनु जरुरी भने देखिन्छ ।

कमेन्ट गर्नुहोस्