अनेसास कतारको छैटौ अधिबेशन संम्पन, अध्यक्षमा रानाभाट

सिताराम थापा/ दोहा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको छैटौ अधिबेसन तथा, १५२ औ मोति जयन्ति र अनेसास नबोदित वाचन डबलीको ७३ औ श्रीन्खला एकै साथ सम्पन्न भएको छ । दोहाको टपफर्म रेस्टुरेन्टको सभा हलमा सम्पन कार्यक्रम अनेसास कतार च्याप्टर का अध्यक्ष तीर्थ संगम राइको सभापतित्व तथा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेको प्रमुख आतिथ्यमा भएको थियो ।

अनेसास कतारको छैटौ अधिबेशनले २०१७ -२०१९ को लागि निर्बिरोध एघार सदस्यीय नया कार्यसमिति गठन गरेको छ जसमा अध्यक्ष श्याम राज रानाभाट, प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टाराई , दितीय उपाध्यक्ष सिताराम थापा महासचिव मणि पौडेल सचिब निराजन लुइटेल कोषाध्यक्ष भोला थापा सह कोशाध्यक्ष हरि अधिकारी तथा सदस्यहरुमा दीप मिलन , बिन्दा लामा , चक्र कार्की र सन्तोष अधिकारी रहेका छन ।

 

कतारमा रहेका थुप्रै साहित्यकार तथा साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको  कार्यक्रममा आमन्त्रित अथितिहरुलाइ सस्थाका प्रथम उपाध्यक्ष श्याम राज रानाभाटले स्वागत गरेका थिए भने सस्थाका दितीय उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले मोतीराम भट्ट को जिबनी प्रस्तुत गरेका थिए ्र साहित्य वाचन संग संगै संचालन भएको कार्यक्रममा करिब डेड दर्जन साहित्यकारहरुले आ आफ्ना रचनाहरु वाचन गरेका थिए ।

रचना वाचन गर्नेहरुमा शेखर बस्नेत , दिप प्रदिप कुमार , निराजन लुइँटेल , चक्र कार्की , मणि पौडेल , सुनिता भण्डारी , बेचन महतो , राम सोगारथ यादब , केशब खनाल , रजक रायन , बसन्त भुजेल , स्वतन्त्र नेपाल , दिप मिलन ,हरि बिनोद अधिकारी ,सन्तोष अधिकारी ,बिन्दा लामा आदि थिए ।

कार्यक्रममा उपस्थित विशिष्ट स्रोताहरु बिनोद खड्का , पबित्र खड्का , देविका के सी आदिले सुभकामना मन्तब्य संगै आफ्नो रचनाहरु पनि प्रस्तुत गरेका थिए ्र अनेसास कतारले आफ्नो दुइ बर्सको कार्यावधि भरी भए गरेका क्रियाकलापहरु सहितको प्रगति विवरण सस्थामा महासचिब सिताराम थापाले प्रस्तुत गरेका थिए भने सस्थाको आर्थिक विवरण कोषाध्यक्ष मणि पौडेलले प्रस्तुत गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!