उत्सर्ग रंग पत्रकरिता पुरस्कार बुढाथोकीलाई 

दाङ,भदौ २६ । राप्तीको कला क्षेत्रको उन्न्यनमा समर्पित उत्सर्ग फिल्मस् नेपालले यस वर्षको रंग पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार केशरमान बुढाथोकीलाई प्रदान गर्ने भएको छ ।
पत्रकारिता एवं साहित्यको माध्यमबाट कला क्षेत्रको विकास एवं प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्‍याएकोले बुढाथोकीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक के एल पीडितले जानकारी दिए ।
तीन वर्ष अघि स्थापना गरिएको उत्सर्ग रंग पुरस्कारको राशी रु। ५ हजार रहेको छ । यस अघि यो पुरस्कार पत्रकारद्वय दुर्गालाल केसी र उदय जीएमले प्राप्त गरेका थिए ।
यो वर्षको पुरस्कारका लागि छनौट भएका बुढाथोकी विगत लामो समयदेखि कला, साहित्य, पत्रकारिता एवं पर्यटनको क्षेत्रमा क्रियाशील छन् ।

कमेन्ट गर्नुहोस्