चुनावी प्रचारमा भारतीय सवारीसाधनको प्रयोग

रौतहट,भदौ २६ । रौतहटमा विभिन्न राजनीतिक दल तथा उम्मेदवारले चुनाव  प्रचारप्रसारका लागि भारतीय नम्बर प्लेटका गाडीको प्रयोग गरेका छन् ।

असोज २ गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा सीमाक्षेत्रका नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार तथा कार्यकर्ताहरुले भारतीय नम्बर प्लेटका गाडीको प्रयोग गरेका हुन् ।

गौर नगरपालिका, राजदेवी नगरपालिका, बौद्धिमाई नगरपालिका, दुर्गा भगवति गाउँपालिका तथा यमुनामाई गाउँपालिकालगायतमा चुनाव प्रसारप्रसार गर्न भारतीय गाडी प्रयोग गरेका छन् । सवारीसाधनमा पार्टीको चुनाव चिह्न र झण्डासमेत राखेर प्रचारप्रसार गर्दा पनि सम्बन्धित निकायले कारबाही नगरेको गौरका स्थानीय सतेन्द्रप्रताप सिंहले बताए ।

राजस्व अनुसन्धान इकाइ कार्यालय, निर्वाचन आयोग, प्रहरी, भन्सार तथा स्थानीय प्रशासनले यस विषयमा चासो नदिएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले कसैले पनि अवैध रूपमा सवारीसाधन चलाउन नपाइने र चलाएको भेटिएमा कारबाही हुने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!