यु १९ एसिया कप क्रिकेटको छनोटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमाडौ, भदौ २६ । १९ वर्षमुनिको एसिया कप क्रिकेटको छनोटमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ ।

खेल मलेसियामा केही बेरमा सुरु हुँदैछ । थाइल्याण्डले टस जितेर नेपाललाई ब्याटिङका लागि बोलाएको छ । नेपाल दिपेन्द्रसिंह ऐरीको कप्तानी र विनोद दासको प्रशिक्षणमा प्रतियोगिता खेल्न लागेको हो ।

यो प्रतियोगिताका शीर्ष २ मा पर्ने टीम एशिया कप क्रिकेटका लागि छनोट हुनेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!