अाज पल्सर स्पोर्टस अवार्ड वितरण

काठमाडौं, भदौ २६ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्ड–२०७३ अन्तर्गत विभिन्न आठ विधामा उत्कृष्ट हुने खेलाडी एवं प्रशिक्षकलाई अाज  सम्मान गरिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार पत्रकार सम्मेलन गरेर अवार्डकोे सबै तयारी पूरा भएको जनाएकाे थियाे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, पूर्वअवार्ड विजेताहरू पारस खड्का र दीपक विष्ट तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले अवार्डको महत्वका बारेमा आ–आफ्नो धारणा राखे ।

परिषद्का सदस्यसचिव विष्टले स्पोर्टस् अवार्ड ऐतिहासिक महत्व बोक्ने दूरगामी पुरस्कार सम्मान भएको बताएका छन् ।

अवार्डलाई अगामी दिनमा भव्य बनाउन नेपाल सरकार र परिषद्ले जति सक्दो सहयोग गर्नुपर्ने विष्टले बताए । ‘परिषद् आउँदो वर्ष यस पुरस्कार सम्मानका लागि बजेट छुटाउनका लागि तत्पर भएर लाग्नेछ,’ विष्टले भने ।

यसैगरी खेलाडी संघका अध्यक्ष श्रेष्ठले अवार्ड नेपाली खेलकुदकै सबैभन्दा लोकप्रिय सम्मान भएको जनाए । ‘मञ्चले सधैँ नयाँ प्रयोग गर्दै आइरहेको छ र यसपटक पनि केही नयाँ देख्न मिल्नेमा विश्वस्त छु,’ उनले भने ।

यता सागमा चार स्वर्ण जितेका विष्टले सानो कोठाबाट सुरु भएको वर्ष खेलाडी अवार्ड वर्तमान समयमा माथिल्लो उचाइमा पुगेको बताएका छन् । ‘यही पुरस्कारका कारणले नै खेलाडीहरूलाई अझ बढी मिहिनेत गर्ने प्रोत्साहन मिलेको छ,’ विष्टले भने ।

कप्तान खड्काले अवार्डले नेपाली खेलाडीको उपलब्धिको सही सम्मान भएको बताए । ‘खेल र खेलाडीप्रति देखाएको लगाव र आफूले गरेको मिहिनेतलाई स्पष्ट पार्छ, वर्ष खेलाडी पुरस्कार भनेको नेपाली खेलाडीहरूको उपलब्धिको सही सम्मान हो,’ खड्काले भने ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!