ढुंगाले लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

काठमाडौं, भदौ २६ । पासाङल्हामु राजमार्गको रसुवाखण्डमा शनिबार सडक सुधार गर्ने क्रममा ढुंगाले लागेर गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवामा कार्यरत ३३ वर्षीय सशस्त्र प्रहरी जवान रमेशकुमार श्रेष्ठको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा आइतबार दिउँसो ज्यान गएको हो ।

उनी रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेस्थित ठाडेनजिकै राजमार्ग सुधार अभियानको क्रममा ढुंगाले लागेर गम्भीर घाइते भएका थिए । शनिबार नै सेनाको हेलिकोप्टरमार्फत् उनलाई काठमाडौस्थित ट्रमा सेन्टरमा लगिएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवाले सञ्चालन गरेको राजमार्ग सुधार अभियानअन्तर्गत शनिबार बिहान ठाडेदेखि सोलेसम्म सडकको खाल्डाखुल्डी पुर्ने कार्य भइरहेका वेला उनलाई ढुंगाले लागेको हो । नुवाकोटको बिदुर नगरपालिका–९ गेर्खु स्थायी घर भएका श्रेष्ठ ९ दिन अघिदेखि रसुवामा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!