‘ग्र्याभिटी करेन्सी’का नाममा नेटवर्किङ बिजनेसबाट ठगी 

काठमाडौं, भदौ २६ । डेढ दशकअघि गोल्डक्वेस्टको नाममा सुनको सिक्का बेच्ने नेटवर्किङ बिजनेसको जगजगी भयो, सुनको लेप भएको एक तोलाको सुनको सिक्का किनेर दशौँ हजारले करोडौँ डुबाएपछि मात्र पुष्टि भयो, यो त ठगी धन्दा हो । त्यहीवरिपरि आएको युनिटी र हर्बोले नेटवर्किङ बिजनेसका नाममा एक दशकसम्म राजधानीमै भव्य कार्यालय नै सञ्चालन गरेर दशौँ हजार नेपालीबाट करोडौँ रुपैयाँ ठगे । पत्रपत्रिकामा समाचार आउँदासमेत सदस्यहरूले सञ्चालकहरूलाई विश्वास गरिरहेका थिए । तिनका सञ्चालकको भागाभाग भएपछि सदस्यहरूले हामी त ठगिएछौँ भनेर थाहा पाए ।

अब अहिले आएको त ग्र्याभिटी क्वाइन । त्यसको न सिक्का छ, न कार्यालय नै । न नेपाल सरकारमा दर्ता छ न विश्वकै कुनै कुनामा । डलरको भाउमा नेपाली पैसा बुझाएपछि विक्रेताले क्वाइन दिन्छन्, तर हातमा होइन, तस्बिरका रूपमा इन्टरनेटमा । युजर नेम र पासवर्डका आधारमा क्रेताले आफ्नो सिक्का इन्टरनेटमा हेर्छ, दंग पर्छ र अरूलाई पनि सिफारिस गरेर त्यस्तै सिक्का किन्न लगाउ“छ । क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा)का रूपमा भइरहेको यो ठगीमा अहिलेसम्म राज्यको ध्यान गएको छैन । त्यसैले सञ्चालकहरूले उनीहरूकै भाषामा १५ सयभन्दा बढी सर्वसाधारणबाट १५ करोडभन्दा बढी ठगिसकेका छन् । आफू नेपाल सरकार र राष्ट्र बैंकको नियमभन्दा बाहिर रहेकाले अझै धेरै कारोबार गर्ने उनीहरूकै दाबी छ ।

दाङका रूपेश दाहाललाई एक नजिकको साथीले बिट क्वाइनजस्तै ग्र्याभिटी क्वाइनमा लगानी गर्न सुझाब दिए । सुरुमा उनलाई विश्वास लागेन । तर, बिट क्वाइनको मूल्य रातारात बढेको र यो पनि त्यस्तै मुद्रा भएको विश्वास दिलाए, रूपेश लगानी गर्न तयार भए । उनले ६२ हजार रुपैयाँ तिरेर ५२५० क्वाइन किने । त्यति पैसा लगानी गरेबापत उनले युजर नेम र पासवर्ड प्राप्त गरे । लगानी गरेको अन्य केही प्रमाण उनीसँग छैन । तर, जब ग्र्याभिटी क्वाइन नक्कली रहेको र उनी ठगिएको थाहा पाए । उनले भने, ‘यी मान्छेहरू ठग हुन् कि भन्ने त मलाई पहिल्यै लागेको थियो ।’

यसरी नक्कली ग्र्याभिटी क्वाइनबाट ठगिने रूपेश मात्रै होइनन् । नेपालमा नक्कली क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) निर्माण गरी संगठित रूपमै ठगी भइरहेको छ । पछिल्लो समय विश्वमा प्रचलन बढिरहेको ‘बिट क्वाइन’लाई देखाएर त्यस्तै नक्कली क्रिप्टोकरेन्सी बनाई केही व्यक्तिले ठगी गरिरहेका हुन् । ठगहरूले ‘ग्र्याभिटी क्वाइन’ नामको भर्चुअल करेन्सी बनाएर बिक्री गरी ठगी गरिरहेको पत्ता लागेको हो । ग्र्याभिटी क्वाइन नेपाल राष्ट्र बैंक र नेपाल सरकारभन्दा पनि माथि रहेको गफ दिएर ठगहरूले सहरका पढे–लेखेकै मानिसलाई ठगी गरिरहेका छन् ।

यसअघि नेटवर्क मार्केटिङका माध्यमबाट ठगी गर्दै आएको हर्बो इन्टरनेसनल प्रालिमा काम गरेका केही व्यक्तिले नै ग्र्याभिटी क्वाइनमार्फत ठगी गरिरहेका हुन् । उनीहरूले सर्वसाधारणसँग कम्तीमा १५ करोड रुपैयाँ ठगी गरेको अनुमान छ । ‘बिट क्वाइन’ कम्प्युटरको प्रोग्रामिङका माध्यमबाट बनाइने भर्चुअल मुद्रा हो । यसको प्रयोग अहिले संसारका विकसित मुलुकमा भौतिक मुद्राको विकल्पका रूपमा बढ्दै गएको छ । नेपालमा ‘ग्र्याभिटी क्वाइन’ बिक्री गरी ठग्नेले सर्वसाधारणसँग बिट क्वाइनको व्याख्या गर्ने तथा यो पनि त्यस्तै अर्को करेन्सी हो भनेर आफ्नो नक्कली मुद्रा बेच्ने गरेका छन् ।

ठगहरूले न्यूनतम सय डलरदेखि, २००, ५००, २५०० र १५ हजार डलरको प्याकेजमा ग्र्याभिटी क्वाइन बिक्री गर्ने गरेका छन् । विश्वमा बिट क्वाइनजस्तै क्रिप्टोकरेन्सीको संख्या सयौँको संख्यामा छ । ती करेन्सीको मूल्य अन्तर्राष्ट्रिय क्रिप्टोकरेन्सी बजारमा भएको माग र आपूर्तिका आधारमा तय हुने गर्छ । तर, यो ग्र्याभिटी क्वाइन अन्तर्राष्ट्रिय व्यापारमा गएकै छैन । तर पनि यसको वेबसाइटमा दिनमा पटक–पटक मूल्य तलमाथि भएको देखाइन्छ, जुन शतप्रतिशत झुट हो । ग्र्याभिटी क्वाइन सुरुमा बिक्री गर्दा प्रतिक्वाइन मूल्य १० सेन्ट रहेकोमा अहिले ४४ देखि ५० सेन्टका बीचमा रहेको छ । आइतबार राति ग्राभिटी क्वाइनको मूल्य शून्य दशमलव ४३२ सेन्ट (नेपाली ४४ रुपैयाँ) रहेको छ ।

ठगहरूले हालसम्म नेपाल तथा विदेशमा भएका नेपालीबाट १५ करोडभन्दा धेरै रकम असुलिसकेको उनीहरूकै भनाइबाट पुष्टि हुन्छ । ग्र्याभिटी क्यासका मार्केटिङ प्रमुख जिपी पौडेलका अनुसार उनीहरूले हालसम्म विभिन्न प्याकेजमा गरेर १५ सयभन्दा धेरैलाई ग्राहक बनाइसकेका छन् । यिनीहरूले न्यूनतम २०० डलरको र मध्यम २५०० डलरको प्याकेजमा धेरै कारोबार गर्ने गरेका छन् । औसत हजार डलरका दरले १५ सय मानिससँग पैसा उठाउँदा १५ करोड रुपैयाँ हुन आउँछ ।

कुल ३ करोड ६० लाख ग्र्याभिटी क्वाइन माइनिङ हुने र त्यसमध्ये १ करोड ८० लाख माइनिङ भइसकेको पौडेलले जनाए । तर, ग्र्याभिटी क्वाइनकै मार्केटिङ गरिरहेका माधव खनाल भने जम्मा ३२ लाख क्वाइन माइन हुने बताउँछन् । यसरी कति क्वाइन माइन हुन्छ भन्नेबारेमा फरक व्यक्तिले फरक–फरक बताउने गरेका छन् । यसको कारोबारमा नेपालमा रहेका धेरै र केही विदेशमा रहेका नेपाली पनि रहेको उनीहरू नै बताउँछन् ।

किन नक्कली हो ग्र्याभिटी क्वाइन ?

ग्र्याभिटी क्वाइन नेपाली सफ्टवेयर इन्जिनियरले कम्प्युटर प्रोग्रामिङ गरेर बनाएको नक्कली क्रिप्टोकरेन्सी हो । ग्र्याभिटी क्वाइनको वेबसाइटमा यो क्वाइनको विकास निकेल भिन्सेन्टले गरेको उल्लेख छ । तर, निकेल भिन्सेन्ट भन्ने कुनै व्यक्ति नै छैनन् । ती व्यक्ति नेपाली सफ्टवेयर इन्जिनियर कृष्ण झा भएको स्रोतको भनाइ छ । उनी काठमाडौंको बानेश्वरमा रहेको इप्लानेट सफ्टवेयर कम्पनीसँग आबद्ध छन् । निकेल कृष्णको ‘निकनेम’ हो । उनले आफ्नो निकनेममा भिन्सेन्ट काल्पनिक थर राखेर आफूलाई सो क्वाइनको विकासकर्ताका रूपमा प्रस्तुत गरेका छन् । इप्लानेटको मुख्य कार्यालय मलेसियामा छ भने नेपाल र भारतको नयाँदिल्लीमा शाखा कार्यालय छन् ।

ग्र्याभिटी क्वाइनसँग सम्बन्धित तीनवटा वेबसाइट छन् । नचबखष्तथअबकज।अयm। नचबखष्तथअबकज।यचन र नचबखष्तथपयष्ल।अयm । तीमध्ये अन्तिमको युजर लगइन वेबसाइट हो, जसमा यसको निर्माण इप्लानेटले गरेको उल्लेख छ । तर, नचबखष्तथपयष्ल।अयm आफ्नो लगइन साइट भएको भन्ने पौडेलले आफूलाई इप्लानेट र कृष्ण झाबारे केही जानकारी नभएको बताए । कतिसम्म भने शनिबार मात्रै ग्र्याभिटी क्वाइनको नयाँ वेबसाइट नचबखष्तथअबकज।यचन आएको र पुरानो साइट नचबखष्तथअबकज।अयm कुनै पनि वेला बन्द हुन सक्ने उनले बताए ।

क्रिप्टोकरेन्सी सामान्यतया तीन प्रकारका हुन्छन्– प्रुफ अफ स्टेक (पिओएस), प्रुफ अफ वर्क (पिओडब्लू) र हाइब्रिड । पिओएस क्रिप्टोकरेन्सीहरू जति परिमाणमा माइन हुने हो, पहिल्यै माइन भइसकेको हुन्छ । पिओडब्लू करेन्सीहरू माइन हुने परिमाण निश्चित समयसम्म माइन भइरहन्छ भन्ने गरिन्छ । हाइब्रिड करेन्सीचाहिँ केही परिमाण माइन भइसकेको हुन्छ, बाँँकी माइन भइरहेको हुन्छ । ग्र्याभिटी क्वाइनको वेबसाइटमा यो कस्तो करेन्सी हो स्पष्ट छैन । क्रिप्टो एजुकेसन शीर्षकमा पिओडब्लूका विषयमा जानकारी दिइएको छ, जसले यो क्वाइन पनि त्यही प्रकृतिको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, क्वाइनको मार्केटिङ गर्नेमध्येका एक पौडेल १ करोड ८० लाख क्वाइनहरू माइन भइसकेको बताउँछन् । तर, यो क्वाइन पिओएस वा पिओडब्लू के हो भन्ने विषयमा उनले बताउन सकेनन् । यसले पनि यो क्वाइन फेक रहेको प्रमाणित गर्छ ।

नक्कली अफिस

ग्र्याभिटी क्वाइनको आधिकारिक वेबसाइट भनिएको ग्र्याभिटीक्यासडटकमका अनुसार यसको अफिस एभेन्यु सुइट– १५०० न्युयोर्क १०००१, अमेरिकामा छ । तर, यो ठेगानामा ग्र्याभिटी क्वाइनको होइन, एस्क्ट्रिम ग्लोबल युएसएको कार्यालय छ । यो कम्पनीलाई हामीले ‘तपाईंहरू ग्र्याभिटी क्वाइनसँग सम्बन्धित हो ?’ भनी सोध्दा उनीहरूले आफूहरूलाई यो क्वाइनबारे जानकारी नभएको जानकारी दिए । एक्स्ट्रिम ग्लोबलसँगको सम्पर्कमा उसले यो एक इकमर्स कम्पनी भएको पनि जानकारी दियो । सो कार्यालय नक्कली भएको सन्दर्भमा पौडेललाई सोध्दा उनले आफूलाई यसबारेमा केही जानकारी नभएको बताए ।

के हो बिटक्वाइन ?

अहिले संसारको सबैभन्दा बलियो वा मूल्यवान मुद्रा कुवेती दिनार हो । १ कुवेती दिनारको ३.२७ अमेरिकी डलर विनिमयदर छ । तर, संसारमा यस्तो अर्को मुद्रा पनि छ, जसको १ युनिटबराबर ४ हजार १ सय ९३ दशमलव २७ डलर विनिमयदर छ । त्यो हो– बिटक्वाइन । र, यो यस्तो मुद्रा हो, जसको प्रयोगमा व्यापकता आउँदा भौतिक मुद्राहरू विस्थापन हुन सक्ने मौद्रिक अर्थशास्त्रीहरू बताउँछन् ।
इतिहासमा वस्तु विनिमय (बार्टर) प्रणालीलाई सुनको प्रयोगले विस्थापन गरेको थियो । भौतिक मुद्राको थालनी भएपछि वस्तु विनिमय प्रणाली पूर्ण रूपमा विस्थापन भयो, खरिद–बिक्रीमा सुनको प्रयोग पनि अन्त्य भयो । अब संसारभरिका मानिसहरूको जीवनको अभिन्न अंग बनिसकेको भौतिक मुद्रालाई चुनौती दिन विद्युतीय मुद्रा (डिजिटल करेन्सी) को प्रयोगले व्यापकता पाउन थालेको छ । र, यसको प्रयोग बढ्दै जाँदा हाल प्रचलनमा रहेका मुद्रा नै विस्थापन हुन सक्नेमा विश्वभरका सरकार र केन्द्रीय बैंकहरू चिन्तित छन् ।

कसरी चल्छ ?

बिटक्वाइन अरूजस्तो भौतिक मुद्रा होइन । यो भर्चुअल अर्थात् अनलाइन मुद्रा हो । तस्बिरहरूमा देखिने बिटक्वाइनको सिक्का भौतिक मुद्राको सिक्काजस्तो होइन । त्यो सिक्काभित्र एउटा निजी कोड हुन्छ, त्यो कोडकै आधारमा बिटक्वाइन चल्ने हो । यदि त्यो कोड भएन भने बिटक्वाइनको कुनै अर्थ हुँदैन । तपाईं यो मुद्रा विभिन्न वस्तु तथा सेवा खरिद गर्न प्रयोग गर्न सक्नुहुन्छ ।
बिटक्वाइनजस्ता डिजिटल मुद्रालाई ‘क्रिप्टोकरेन्सी’ भनिन्छ । संसारभरि व्यापक प्रचलनमा रहेको मुद्रा अमेरिकी डलर भनेजस्तै क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा पहिलो र प्रचलित मुद्रा बिटक्वाइन हो । संसारमा यस्ता क्रिप्टोकरेन्सीहरू सयौँ बनिसकेका छन्, तीमध्ये इथेरम, रिपल, लिटक्वाइन, मोनेरोलगायत बढी विश्वासिला र बढी कारोबार हुनेमा पर्छन् ।

क्रिप्टोकरेन्सी वास्तवमा एउटा कम्प्युटर फाइल हो, जुन कम्प्युटर वा मोबाइलको एप्लिकेसनमा रहने ‘डिजिटल वालेट’मा भण्डारण गरिन्छ । मानिसहरूले त्यो वालेटमा रहेको क्रिप्टोकरेन्सी वा त्यसको कुनै हिस्सा कुनै वस्तु वा सेवा खरिद गरेपछि भुक्तानीका लागि पठाउन सक्छन् । एकजनाको वालेटबाट अर्को मानिसको वालेटमा पनि यो पठाउन मिल्छ । यसरी गरेको हरेक कारोबार एउटा सार्वजनिक लिस्टमा रेकर्ड हुन्छ ।

कसरी बन्छ क्रिप्टोकरेन्सी

एउटा जटिल कम्प्युटर प्रोग्रामका माध्यमबाट क्रिप्टोकरेन्सी बनाउन पनि सकिन्छ, जसलाई माइनिङ भनिन्छ ।
क्रिप्टोकरेन्सीको माइनिङ कम्प्युटर सिस्टमद्वारा गरिने जटिल प्रक्रिया हो । त्यसका लागि कम्प्युटर प्रोसेसलाई सबै मानिसको पहुँच स्थापित हुन सक्ने बनाउनुपर्छ । क्रिप्टोकरेन्सी माइनिङ गर्न अत्यन्तै कठिन सूत्रबाट काम गर्ने कम्प्युटर सिस्टम आवश्यक पर्छ । क्रिप्टोकरेन्सी माइनिङ गर्ने कम्प्युटर अत्यन्तै शक्तिशाली हुन्छ । ती सूत्रहरूबाट प्रोसेस गर्दा सीमित मानिसहरूले सीमित संख्याको क्रिप्टोकरेन्सी प्राप्त गर्न सक्छन् । धेरै क्रिप्टोकरेन्सी उत्पादन नहोस् भनेर यस्ता सूत्रहरू झन्झन् जटिल हुँदै जान्छन् । कहिलेकाहीँ तपाईंले माइनिङ गर्न थालेको वर्षौँसम्म पनि क्रिप्टोकरेन्सी प्राप्त गर्न सकिँदैन । त्यसवेलासम्म प्राप्त गरेको क्रिप्टोकरेन्सीको मूल्यभन्दा कम्प्युटरका लागि पैसा, बत्ती आदिको खर्च बढी हुन सक्छ ।

क्रिप्टोकरेन्सी कसरी प्राप्त गर्न सकिन्छ ?

विशेषगरी तीन तरिकाले क्रिप्टोकरेन्सी प्राप्त गर्न सकिन्छ । पहिलो अन्य भौतिक मुद्राहरू अमेरिकी डलर, युरो आदि खर्च गरेर क्रिप्टोकरेन्सी खरिद गर्न सकिन्छ । वा कुनै वस्तु वा सेवा बेच्दा कसैले बिटक्वाइनमा भुक्तानी ग¥यो र त्यसलाई स्वीकार गरियो भने क्रिप्टोकरेन्सी प्राप्त हुन्छ । माइनिङमार्फत पनि क्रिप्टोकरेन्सी प्राप्त गर्न सकिन्छ ।

बिटक्वाइन किन मूल्यवान बन्दै गइरहेको छ ?

पछिल्लो समय संसारभरि बिटक्वाइन खरिद गर्न चाहने मानिसको संख्या बढिरहेको छ । संसारमा धेरै डिजिटल करेन्सी एक्सचेन्ज स्थापना भएका छन्, जहाँ बिटक्वाइन तथा अन्य विद्युतीय मुद्राको कारोबार हुन्छ । यसको कारोबार डलरलगायत विदेशी मुद्रा, कमोडिटी तथा स्टक मार्केटको जस्तै गरी भइरहेको छ । पछिल्लो समय चीनमा बिटक्वाइनको माग अत्यधिक भएको मानिन्छ । सन् २०१६ मा चिनियाँ युआनको मूल्य ७ प्रतिशतले घट्यो भने बिटक्वाइनको मूल्य १ सय २५ प्रतिशतले बढ्यो । बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीहरू भौतिक मुद्राजस्तो विश्वका कुनै पनि केन्द्रीय बैंकले जारी गरेको होइन र त्यसको नियन्त्रण पनि कुनै सरकारी निकायले गर्दैन । यो त एउटा सार्वजनिक कम्प्युटर प्रणालीद्वारा जोसुकैले पनि माइनिङ गर्न सक्छ । र, बजारको माग र आपूर्तिका आधारमा यसको मूल्य तय हुन्छ ।

बिटक्वाइन कति सुरक्षित

बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीका सबै कारोबारको रेकर्ड राखिन्छ । तर, बिटक्वाइनको कपी गर्न, जाली क्वाइन बनाउन वा अरूको स्वामित्वमा भएको क्वाइन खर्च गर्न अत्यन्तै कठिन छ, लगभग असम्भवजस्तै छ । अनलाइन खाता नम्बर नभनेसम्म अन्य कसैले पनि थाहा पाउँदैनन् । यद्यपि, कहिलेकाहीँ डिजिटल वालेटबाट बिटक्वाइन हराउने, डिलिट भएर सधैँका लागि गुमाउनुपर्ने अवस्था भने भएका छन् ।

यसरी गरिन्छ कारोबार

ग्र्याभिटी क्यास र बिट क्वाइनले क्रिप्टोकरेन्सीको माइनिङ (उत्पादन) गर्न एकै प्रकारको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस
(एपिआई) प्रयोग गरेको जिपी पौडेल बताउँछन् । ग्र्याभिटी क्वाइन बिक्री गर्नेले लगानीकर्तासँग नेपाली रुपैयाँ नै उठाउने गरेका छन् । सो रकम हुन्डीको माध्यमबाट बाहिर पठाउने र डलर कार्डमा ट्रान्सफर गरी सोही कार्डमार्फत ग्र्याभिटी क्वाइन खरिद गर्ने गरेको उनीहरूको भनाइ छ । क्वाइन कारोबारका लागि क्वाइन वालेट तयार गरिन्छ । र, सोही वालेटमा ग्र्याभिटी क्वाइन जम्मा गर्ने उनीहरू बताउँछन् । त्यही वालेटका माध्यमबाट क्वाइनको खरिदबिक्री गर्ने गर्छन् । वालेटको युजर नेम र पासवर्ड लगानीकर्ताले पाउँछन् ।

ग्र्याभिटी क्वाइन नेपालमै नक्कली रूपमा बनाइएकाले खरिदबापत बाहिर कसैलाई पनि भुक्तानी गर्नुपर्दैन, त्यसैले यहाँ लगानीकर्ताबाट उठाएको रकम जिपीलगायतको खल्तीमा पुग्ने गर्छ । उनीहरूले प्रतिक्वाइन ४० देखि ५० रुपैयाँको बीचमा रकम उठाउँछन् । खरिदमा केही सेवाशुल्कसमेत उठाउने गरेका छन् ।

आइतबार साँझ नयाँ पत्रिकाले ‘नेपालमा कतिलाई ग्र्याभिटी क्वाइन बेच्नुभयो, कोट दिनुस्’ भनी प्रश्न गर्दा पौडेलले सुरुमा ग्र्याभिटी क्वाइन फेक नभएको बताए । ‘तपाईं ग्र्याभिटी क्वाइनको नेपालको प्रमुख मान्छे हो ?’ भन्दा उनले त्यसो नभएको बताए । तर, ग्र्याभिटी क्वाइनमा नेपालमा सबैभन्दा धेरै काम आफूले नै गरेको र त्यसमा केही तलमाथि हुँदा आफूलाई नै सीधा असर गर्ने उनले बताए । यदि ‘ग्र्याभिटी क्वाइनको समाचार छापियो र आफ्नो नामसमेत समाचारमा प¥यो भने जे पनि गर्नसक्ने’ धम्कीसमेत हामीलाई उनले दिए ।

को हुन् ठग ?

नेपालमा ग्र्याभिटी क्वाइनको मार्केटिङ ज्ञानप्रसाद (जिपी) पौडेलले गर्दै आएका छन् । नेटवर्क मार्केटिङ कम्पनी हर्बो इन्टरनेसनलमा काम गरेका पौडेलले हर्बो बन्द भएपछि समाज सहकारीको प्रबन्धक भएर पनि काम गरेका छन् । त्यसबीचमा पौडेलले ग्लोबल करेन्सी रिजर्भ (जिसिआर) नामक क्रिप्टोकरेन्सी बेचेर पनि ठगी गरेका थिए । जिसिआर आफैँ बन्द भएपछि भने आफैँले फेक करेन्सी उत्पादन गरी ठगीमा लागेका हुन् । जिपीसँगै मार्केटिङमा माधव खनाल पनि संलग्न छन् । आफूलाई गोर्खा इन्भेस्टमेन्ट कम्पनीका सञ्चालक बताउने उनी पूर्वपत्रकारसमेत भएको सुनाउँछन् । जिपी र माधव दुवै हर्बोका उत्पादन हुन् ।

किन नक्कली हो ग्र्याभिटी क्वाइन ?

ग्र्याभिटी क्वाइन नेपाली सफ्टवेयर इन्जिनियरले कम्प्युटर प्रोग्रामिङ गरेर बनाएको नक्कली क्रिप्टोकरेन्सी हो । ग्र्याभिटी क्वाइनको वेबसाइटमा यो क्वाइनको विकास निकेल भिन्सेन्टले गरेको उल्लेख छ । तर, निकेल भिन्सेन्ट भन्ने कुनै व्यक्ति नै छैनन् । ती व्यक्ति नेपाली सफ्टवेयर इन्जिनियर कृष्ण झा भएको स्रोतको भनाइ छ । उनी काठमाडौंको बानेश्वरमा रहेको इप्लानेट सफ्टवेयर कम्पनीसँग आबद्ध छन् । निकेल कृष्णको ‘निकनेम’ हो । उनले आफ्नो निकनेममा भिन्सेन्ट काल्पनिक थर राखेर आफूलाई सो क्वाइनको विकासकर्ताका रूपमा प्रस्तुत गरेका छन् । इप्लानेटको मुख्य कार्यालय मलेसियामा छ भने नेपाल र भारतको नयाँदिल्लीमा शाखा कार्यालय छन् ।

ग्र्याभिटी क्वाइनसँग सम्बन्धित तीनवटा वेबसाइट छन् । gravitycash.com. gravitycash.org  gravitykoin.com । तीमध्ये अन्तिमको युजर लगइन वेबसाइट हो, जसमा यसको निर्माण इप्लानेटले गरेको उल्लेख छ । तर, gravitycash.org आफ्नो लगइन साइट भएको भन्ने पौडेलले आफूलाई इप्लानेट र कृष्ण झाबारे केही जानकारी नभएको बताए । कतिसम्म भने शनिबार मात्रै ग्र्याभिटी क्वाइनको नयाँ वेबसाइट नचबखष्तथअबकज।यचन आएको र पुरानो साइट gravitycash.com कुनै पनि वेला बन्द हुन सक्ने उनले बताए ।

क्रिप्टोकरेन्सी सामान्यतया तीन प्रकारका हुन्छन्– प्रुफ अफ स्टेक (पिओएस), प्रुफ अफ वर्क (पिओडब्लू) र हाइब्रिड । पिओएस क्रिप्टोकरेन्सीहरू जति परिमाणमा माइन हुने हो, पहिल्यै माइन भइसकेको हुन्छ । पिओडब्लू करेन्सीहरू माइन हुने परिमाण निश्चित समयसम्म माइन भइरहन्छ भन्ने गरिन्छ । हाइब्रिड करेन्सीचाहिँ केही परिमाण माइन भइसकेको हुन्छ, बाँँकी माइन भइरहेको हुन्छ । ग्र्याभिटी क्वाइनको वेबसाइटमा यो कस्तो करेन्सी हो स्पष्ट छैन । क्रिप्टो एजुकेसन शीर्षकमा पिओडब्लूका विषयमा जानकारी दिइएको छ, जसले यो क्वाइन पनि त्यही प्रकृतिको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, क्वाइनको मार्केटिङ गर्नेमध्येका एक पौडेल १ करोड ८० लाख क्वाइनहरू माइन भइसकेको बताउँछन् । तर, यो क्वाइन पिओएस वा पिओडब्लू के हो भन्ने विषयमा उनले बताउन सकेनन् । यसले पनि यो क्वाइन फेक रहेको प्रमाणित गर्छ । –नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!