१४ वर्षीया बालिकाद्वारा सम्बन्ध विच्छेदको मुद्दा दर्ता

रूकुम, भदौ २५ । रुकुम मुसीकोटकी १४ वर्षीया एक बालिकाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गराएकी छन ।

गएको वैशाखमा १४ वर्षकै कलिलो उमेरमा बालविवाह गरेकी निमाले त्यसको दुई महिनापछि सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न अदालत पुगेकी हुन । छिमेकी जिल्ला रोल्पाको दुईखोली गाउँपालिकाका १७ वर्षीय बालकसँग उनको बाल विवाह भएको थियो ।

विवाह भएको केही दिन पछिनै उनीहरुबीच खटपट सुरु भएको आफन्त बताउँछन् । एकआपसमा मेलमिलाप हुन नसकेपछि सम्बेन्ध विच्छेदको मुद्दा लिएर जिल्ला अदालतमा आएको जिल्ला न्यायधिश डण्डपानी शर्माले बताए । न्यायधिश शर्माका अनसार, उनको मुद्धा हाल बहसकै क्रममा छ । निमा जस्ता बालिका सम्बन्ध बिच्छेदका मुद्दा लिएर जिल्ला अदालतमा आउने क्रम बढेको न्यायधिश शर्माले बताए ।
उनका अनुसार, गत आर्थिक वर्ष २०७३÷०७४ मा सम्बन्ध बिच्छेद गराउन आउने कूल महिलाको ५० प्रतिशत २० वर्ष मुनिका किशोरी तथा बालिका छन् ।

कमेन्ट गर्नुहोस्