उपराष्ट्रपति पुनद्वारा बाढीपीडित आर्थिक सहयोग

काठमाडौं, भदौ २५ । उपराष्ट्रपति नन्दबहादुर पुनले हालैको प्राकृतिक प्रकोपबाट प्रभावित तथा बाढीपीडित व्यक्तिको सहयोगार्थ यही भदौ महिनाको सम्पूर्ण तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेका छन ।

त्यसैगरी, उपराष्ट्रपतिको कार्यालयका सचिवलगायत सम्पूर्ण कर्मचारी (उपराष्ट्रपतिको सल्लाहकार समूहसमेत) का तर्फबाट पनि कोषमा एक लाख ३२ हजार ३८८ रुपैयाँ ६१ पैसा जम्मा गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!