एसीसी यू–१९ मा सोमबार नेपाल थाइल्यान्डसँग भिड्दै, को–को छन टोलीमा

काठमाडौं, भदौ २५ । नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा भोली  मलेसियामा थाइल्यान्डसँग खेल्दैछ।

नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट खेल खेल्दै च्याम्पियन बन्ने लक्ष्यसहित खेल्ने बताएका छन । उनले भने, ‘हामी प्रतियोगिता खेल्न पाउँदा खुसी छौं। यसले सिनियर टिममा स्थान बनाउन पनि खेलाडीलाई सहयोग गर्छ। हामी जतिसक्दो छिटो खेल सक्ने रणनीतिमा मैदानमा उत्रनेछौँ।’

उता नेपाली टोलीका प्रशिक्षक विनोद दास भने नेपाली टोलीको व्याटिङमा सुधार आएकाले टोलीले जित निकाल्नेमा विश्वास्त छन ।

नेपाल समुह ए मा रहेको छ । जसमा थाइल्याण्ड, सिंगापुर र भुटान रहेका छन । नेपालले बुधबार भुटान तथा बिहिबार सिंगापुरसँग खेल्नेछ। नेपालले यसअघि सिंगापुरमा भएको आइसीसी यू–१९ विश्वकप छनोटको दुवै खेलमाथि शानदार जित निकालेको थियो ।

नेपाली टोली

दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, शहाब अलाम, नन्दन यादव, विक्रमकुमार भुषाल, सन्दीप जोरा, सुमित महर्जन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!