थपिदै देउवा सरकारमा मन्त्री, इतिहासकै ठूलो ५४ सदस्यीय मन्त्रिपरिषद बन्ने

काठमाडौं, भदौ २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट तीन जना मन्त्री थपेर पाँचौंपटक मन्त्रीमण्डल विस्तार गर्दै छन ।

राप्रपा प्रजातान्त्रीकबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र सांसद् सुनिलबहादुर थापा मन्त्री बन्ने भएका छन् । संसदमा १८ सांसद रहेको राप्रपा प्रजातान्त्रीबाट दीपक बोहर्रा विज्ञान तथा प्रविधि, विक्रम पाण्डे वन तथा भू संरक्षण, सुनिल थापा उद्योग र रेशम लामा उद्योग राज्यमन्त्री हुने टुंगो लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबार बिहान ११ बजे मन्त्रिपरिषद् विस्तारको कार्यक्रम रहेको बताइएको छ । यो विस्तारसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित ५४ सदस्यीय अहिलेसम्मकै जम्मो मन्त्रिपरिषद बन्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!