माओवादी नेता बस्नेतको सहयोगमा दुर्गम गाउँमा भिडियो एक्सरे सेवा

हेमन्त केसी
जाजरकोट, भदौ २५ । जिल्लाको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु भएको छ । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका–७ स्थित दल्ली स्वास्थ्य चौकीमा माओवादी नेता तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको आर्थिक सहयोगमा भिडियो एक्सरे सेवा सुरु गरिएको हो ।

आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मेयर टेकवहादुर रावलले भिडियो एक्सरे सवाको शुभाराम्भ गरेका थिए । साविकका ८ गाविस अर्थात, त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका, तल्लो डोल्पा, रुकुमको पश्चिमी क्षेत्रका स्थानीयहरुले यहाँवाट भिडियो एक्सरेको सेवा लिन सक्ने छन् ।

स्वास्थ्य मन्त्रालय, जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतको आर्थिक सहयोग वाट दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सञ्चालनमा आएको स्वास्थ्य चौकी दल्लीले वताएको छ । भिडियो एक्सरे गर्नकै लागि यहाँका हजारौ स्थानीयहरु रुकुमको चौरजहारी, नेपालगन्ज, सुर्खेत जानुपर्ने वाध्यता थियो ।

एक्सरे सेवा सञ्चालनमा आएपछि हजारौ रुपैया खर्च गरेर भिडियो एक्सरेका लागि दुःख पाउने दिन सदाका लागि अन्त्य भएको मेयर टेकवहादुर रावलले वताए । जिुलीको अभावमा स्वास्थ्य चौकीमा सेवा दिन समस्या भएको गुनासो आएपछि मेयरकै सक्रियातामा लहँबाट विद्युतको लाईन विस्तार गरि स्वास्थ्य चौकीमा विद्युत सेवा उपलव्ध गराएको छ । पुर्वी क्षेत्रको केन्द्रविन्दुकाु रुपमा रहेको दल्लीमा प्रभावकारी स्वास्थ्य सेवा पाउने आशामा स्थानीय बासिन्दा खुुसी भएका छन् ।

पोष्ट माटम गर्नका लागि गृह नहुँदा प्लाष्टिकभित्र राखेर पोष्ट माटम हुँदै आएकोमा नगरपालिकाको आर्थिक सहयोगपछि अव केही समयभित्र पोष्टमार्टम घर बन्ने मेयर रावलले वताए । यहाँका जनताको स्वास्थ्य ,गरिवी र अशिक्षालाई कम गर्न आफु दिन रात लाग्ने मेयर रावलले वताए । रावल पुर्वगृहमन्त्री वस्नेत निकट मानिन्छन् ।

अव बारेकोट स्वास्थ्य चौकीमा पनि भिडियो एक्सरे सेवाका लागि पहल भईरहेको रावलले वताए । मन्त्रालयसँग कुरा भइरहेकाले अब छिट्टै त्यहाँ पनि भिडियो एक्सरे सेवा शुरु हुन रावलले जानकारी दिए । दिन,रात काम गरेपनि सवाग्राहीलाई भने अनुसारको सेवा दिन नसकेको अवस्था रहेकोमा अव सेवा ग्राहीले भने अनुसारको सेवा दिन पाइनेमा स्वास्थ्यकर्मीहरु खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!