यसकारण मधेशमा माओवादी पहिलो हुन्छ, प्रचण्डले खोले रहस्य (भिडियोसहित)

काठमाडौं, भदौ २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनाबमा मधेशमा आफ्नो पार्टी पहिलो बन्ने बताएका छन ।

आफू र आफ्नो पार्टी माओवादी केन्द्र इमानदारीका साथ मधेशी जनताको हकहित र अधिकारका लागि लागेको र त्यो मधेशी जनताले विस्तारै बुझ्न थालेकाले मधेशमा माओवादी केन्द्रप्रति  अहिले फेरि आक्रर्षण ह्वात्तै बढेको प्रचण्डले बताए ।

पछिल्लो समयमा मधेशका थुप्रै बरिष्ठ नेता र हजारौं कार्यकर्ता माओवादी केन्द्रमा प्रबेश गरेकाले पनि मधेशमा पार्टी अिहले बलियो अवस्थामा पुगेको उनको दावी छ ।

मधेसका बरिष्ठ नेताहरु रामेश्वर राय यादव, चेतनारायण मुखिया, पूर्वसांसद शिवपुजन लगायत राजपा र एमालेका सयौं नेता माओवादी केन्द्रमा प्रवेश गरेपछि मधेसको माहोल पनि माओवादी मय भएको प्रचण्डले बताए ।

त्यसैगरी आफ्नो नेतृत्वको सरकारका पालामा मधेशी जनताको हकहितमा धेरै काम गरेकाले त्यसको परिणाम स्वरुप अहिले मधेशमा माहोल बनेको उनले बताए ।
मधेशमा पछिल्लो समय देखिएको महोलले मधेश बुद्धिजीवी र सर्वसाधरणको माओवादीप्रति विश्वास र भरोसा बढेको छ । यही महोल संघ र प्रदेशको चुनाबसम्म कायम रहेमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने विश्वास अध्यक्ष प्रचण्डको छ ।

माओवादी पहिलो पार्टी बन्यो भने मधेशी जनताको हकहित र अधिकारको मात्रै सुरक्षा नभएर पहाडी जनताको पनि हकहितको सुरक्षा र सिङ्गै देशको राष्ट्रिय एकताको बलिया हुने उनकाे दावी छ ।

मधेशी जनताले ठूलो भरोसा गरेकाले आफूले सिरहामा चुनाब जितेको स्मरण गदै महाेत्तरी, रौतहट,  सर्लाही लगायत जिल्लामा राम्रो मत पाएको र मधेशमा माअाेवादी तीनवटा सीट जित्न सफल भएको प्रचण्डले बताए । ।

२०७० सालको निर्वाचनमा पनि मधेशी जनताको आकर्षण माओवादी प्रति अन्य क्षेत्रभन्दा बढी रहेको भन्दै यसपकट त मधेशमा माहोल माओवादी मय भएको उनले बताए ।

निर्वाचनबाट माओवादी केन्द्र पहिलो पार्टी भए मात्रै देशमा सबै जातजाती, धर्म, लिङ, समुदायको सर्वाङगीन विकास र अधिकारको सुनिश्चित हुने पनि अध्यक्ष प्रचण्डले बताए ।

माओवादी मधेशमा पहिलो शक्ति हुने बस्तुगत कारणहरूबारे प्रचण्ड-

Nai-post ni Prashant Azad noong Linggo, Setyembre 10, 2017

कमेन्ट गर्नुहोस्

error: Content is protected !!