रौतहट पुगेर गौर हत्त्याकाण्डबारे मुख खोले प्रचण्डले (भिडियो)

चन्द्रनिगाहपुर, भदौ २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गौंर हत्त्याकाण्डपछि माओवादीविरुद्द भ्रमको खेती सुरु भएको बताएका छन ।

रौतहटको चन्द्रनिगाहपूर आइ पुगेका प्रचण्डले संचारकर्मीसँग कुरा गर्दै माओवादी एकछत्र प्रभाव रहेको अवस्थाबाट अत्तालिएकाहरूले दुष्प्रचार गर्न खोजेको बताए ।

‘मधेसका जनताको अधिकार हामीले नै पहिलोपटक उठायौं, जनयुद्दको बेला पहिलो मोर्चा नै मधेशी मुक्ति मोर्चा थियो,’ प्रचण्डले भने, ‘सहीद रामवृक्ष यादवको बलिदानले देशभरि नै ऊर्जा थप्यो । पुरै मधेशमा हामी प्रभावशाली भएको बेला भयानक हतत्याकांड भयो ।’

युद्द सुरु गर्दा आफुले पहिलो तालीम मधेशमा लिएको बताऊँदै प्रचण्डले अहिले आम जनताले माओवादी मात्र सच्चा शक्ति भएको बुझेको बताए ।

‘आफूले गरेको मेहनतको फल पाएको लागच, मधेशमा जान, जनतासँग कुरा गर्न मलाई सुरक्षा चाहिन्न ।’ अर्कों प्रसंगमा प्रचण्डले भने, ‘अब जनताले नै सुरक्षा दिन्छन ।

 

Nai-post ni Prashant Azad noong Linggo, Setyembre 10, 2017

कमेन्ट गर्नुहोस्

error: Content is protected !!