भोट माग्दै मुस्लिम भेषा बारामा गृहमन्त्री शर्मा

सिमरा, भदौ २५ । गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा नजिकिएको स्थानीय तेस्रो चरणका निर्वाचनका लागि माओवादी केन्द्रलाई जिताउन भोट भाग्दै हिँडेका छन् ।

आइतबार मुस्लिम भेषमा सिमराको चुनावीसभामा झुल्किएका गृहमन्त्री शर्मा बिहानदेखि चुनावमा माओवादीलाई भोट हाल्न अपिल गर्दै हिँडिरहेका छन् । मन्त्री शर्मा माओवादी केन्द्रले बाराको विभिन्न स्थानमा आयोजना गरेको चुनावी सभाहरुमा भाग लिएका छन् ।

मुस्लिम भेषमा शर्माले जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा आयोजित माओवादी केन्द्रको चुनावी सभामा सम्बोधन गर्दै आफ्नो पार्टीका उम्मेदवारलाई भोट मागेका हुन् ।

कडा सुरक्षाकाबीच कार्यक्रममा सहभागी भएका गृहमन्त्रीले मन्तव्यका क्रममा आफ्ना उम्मेदवारलाई भोट दिएर विजयी गराउन अपिल गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!