बमसहित एक पक्राउ

गुल्मी, भदौ २५ । जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा बिस्फोटक पर्दाथसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको रेसुङ्गा नगरपालिका–८ का तारा श्रीस रहेका छन् । उनको साथबाट ठूलो मात्रामा बिस्फोटक पदार्थ बरामद बरामद भएको हो । ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोही नगरपालिका–२ तम्घास उदिनढुंगास्थित सडकखण्डमा लु. ३२ प ६६०३ नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्दा उनको साथमा रहेको झोलाबाट उक्त बिष्फोटक पदार्थ बरामद भएको हो ।

कमेन्ट गर्नुहोस्