अष्ट्रेलियन र अंग्रेजी भाषा अभ्यासका लागि सेमिनार

चितवन, २५ भदौ । क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीले अष्ट्रेलिया शिक्षा र अग्रेजी भाषा अभ्यासको लागि प्रोत्साहन गर्ने उद्देश्यले एक दिने सेमिनार गर्ने भएको छ ।

असोज तीन गते चितवन मेडिकल कलेज अगाडी रहेको होटल अशोकामा सेमिनार राखेको कन्सलटेन्सीका प्रवन्ध निर्देशक राहुल कुमार सिंहले जानकारी दिएका छन् । प्रवेश निःशुल्क रहेको सेमिनार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म चल्ने सेमिनार प्रबन्ध निर्देशक सिंहले बताए ।

सेमिनारमा अष्ट्रेलिया सेफ्फिल्ड कलेजका प्रतिनिधिले अष्ट्रेलियाको शिक्षाको विषयमा जानकारी गराउने उनले बताए । कार्यक्रममा अष्ट्रेलिया शिक्षा र नेपाली शिक्षा विषय लगायत थुप्रै कुरामा अनुभवहरु शेयर गर्ने बताईएको छ ।

अष्ट्रेलियाको शिक्षाका लागि प्रोत्साहन र परामर्श दिने उद्देश्यले आयोजना गरिएको सेमिनारमा हजारौँको सहभागी रहने बताईएको छ ।

क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीले नर्सिङ, ईन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, आईटी, एकाउन्टेन्ट, साईनस लगायतका विषय पढ्न जाने विधाथीहरुलाई अभ्यास कोर्ष गराउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!