अस्ट्रेलिया हानिए उर्जामन्त्री शाही

काठमाडौं, भदौ २५ । नेपालका उर्जामन्त्री महेन्द्रबहादुर शाही अष्ट्रेलिया पुगेका छन् । केही सांसदहरू र सरकारी कर्मचारीहरुको टोलीसहित साता व्यापी भ्रमणमा हिँडेका मन्त्री शाही आइतबार अस्ट्रेलिया पुगेका हुन् ।

मन्त्री शाहीको भ्रमण दलमा सांसद सीता नेपाली, नेपालको व्यबस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति मोहनप्रसाद बराल, सदस्यहरु अमृत बोहोरा, तारामान गुरुङ, गीता सिंह र नेपाल सरकारका दुई जना कर्मचारीहरु रहेका छन् ।

मन्त्री शाहीको टिमलाई एडीलेड अन्तर्रास्ट्रिय विमानस्थलमा दक्षिण अस्ट्रेलियाका लागि नेपालका अवैतनिक बाणिज्यदूत दीपक धमला, स्थानीय सामाजिक कार्यकर्ता कपिल पाण्डे तथा अस्ट्रेलियन सेन्टर अफ एक्स्लेंस इन वाटर रिसोर्सेज म्यानेजमेन्टका एक्जेक्युटिब सेक्टर स्पेसिलिस्ट एन्ड जोन्सनले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा दक्षिण अस्ट्रेलिया, भिक्टोरिया , क्यापिटल टेरिटोरी र तास्मनियाका विभिन्न जलविद्युत आयोजना र सिचाइँ आयोजनाहरुको निरीक्षण गर्नुका साथै अस्ट्रेलियन अधिकारिहरुसँग बैठक गर्ने बताइएको छ।

अस्ट्रेलियन सरकारी टोलीहरुसँंगको भेटमा नेपाली प्रतिनिधि मण्डलले कमनवेल्थ देशहरुको उर्जा, जलबिद्युत तथा सिचाइँ आयोजनाहरुको ब्यबस्थापनबारे अनुभव आदानप्रदान गर्नेछन् ।

यो टिमले अस्ट्रेलियाका विभिन्न राज्यहरुका बिचमा पानी तथा उर्जाको वितरण ब्यबस्थापन बारे पनि अध्ययन गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!