उपप्रधानमन्त्रीद्वारा ग्वान्जाओ महावाणिज्य दूतावासको उद्घाटन

भदौ २५ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको उद्घाटन गरेका छन् ।

परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिए ।

यक्त नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीनबीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गरेका छन् ।

ग्वान्जाओ प्रान्तसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै उपप्रधानमन्त्री महराले यस कार्यालय स्थापनापछि आर्थिक एवं व्यापारिक गतिविधि थप विस्तार हुने बताए । उनले आगामी दिनमा दुई देशका जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने उल्लेख गरेका छन् ।

ग्वान्जाओमा झण्डै २०० भन्दा बढी नेपालीहरु त्यहाँ व्यवसायी तथा अन्य कामहरुमा संलगन रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!