इर्मा आँधीले फ्लोरिडामा उत्पात मच्चाउँदै (१३ तस्वीर)

काठमाडौं, भदौ २५ । क्यारिबियन क्षेत्र हुँदै दक्षिण अमेरिकी राज्यहरुमा विध्वंस मच्चाउँदै अघि बढेको इर्मा आँधी अमेरिकी राज्य फ्लोरिडामा प्रवेश गरेको छ ।

फ्लोरिडा राज्यका गभर्नरले प्रभावित क्षेत्रका बासिन्दालाई आफ्नो निवास छाड्न आग्रह गर्दै नछाड्नेहरुलाई केही गर्न नसकिने चेतावनी दिएका छन् ।

आँधी प्रभावित सडकमा नरहन आग्रह गर्दै उनले शिविरहरुमा रहन भनेका छन् । गभर्नर रिक स्कटले खतरापूर्ण स्थानहरुबाट भाग्न अब धेरै ढिला भइसकेको भन्दै सचेत गराएका हुन् ।

क्यारिबियन टापु हुँदै क्यूबामा तहस–नहस पारेर इर्मा फ्लोरिडा पुगेको हो । ६३ लाखभन्दा बढी अमेरिकी नागरिक आँधीबाट प्रत्यक्ष प्रभावित बनेका छन् ।

प्रतिघन्टा १९३ किलोमिटरको गतिमा आएको आँधीले ठूलो क्षति पुर्‍याउने मौसमविद्हरुले जनाएका छन् ।

एक साता लामो इर्माको उत्पातमा परेर २४ जनाको मृत्यु भइसकेको छ । (एजेन्सी)

 -इमेजखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!