गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्छ ?

काठमाडौं, भदौ २४ । धेरै नवदम्पतीहरुलाई सधै सताइरहने एउटा प्रश्न हो गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? यसले गर्भको शिशुलाई कुनै समस्या पर्छकी पर्दैन । त्यसले गर्भको शिशुलाई कुनै असर पुर्‍याउँछ ?

गर्भावस्था भनेको एउटा विशेष अवस्था हो । यस्तो अवस्थामा यौनसम्पर्क गर्न नमिल्ने भन्ने हुँदैन। शाल पाठेघरको मुखमा रहेको अवस्था, रक्तश्राव हुने जटिलताहरू भएको अवस्था तथा जोखिममा रहेको गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्दैन ।

चिकित्सकका अनुसार यौन सम्पर्कले गर्भस्थ शिशुमा कुनै असर गर्दैन तर गर्भको अन्तिम समयमा अवधि नपुग्दै व्यथा सुरु हुन सक्छ । सामान्यतः गर्भको चौथो महिनादेखि सातौं महिनासम्म यौनसम्पर्क राख्दा खासै असर पर्दैन । यस्तो अवस्थामा यौनसम्पर्क राख्दा गर्भवती महिलाको इच्छा तथा आसनमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

तर पहिलेको जस्तै गरी महिला तल र पुरुष माथि भई यौनसम्पर्क गर्दा वा गर्भवती महिलाको पेट च्यापिने गरी यौनसम्पर्क गर्दा समस्या हन्छ । कतिपय महिलालाई गर्भवास्थामा बढी यौन इच्छा हुने हुन्छ । होसियारी पूर्व नियमित यौनसम्पर्क गर्दा महिलालाई प्रसुति सहज हुने पनि चिकित्सकहरु बताउँछन ।

कमेन्ट गर्नुहोस्