प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी ५–० विजयी

एजेन्सी, भदौ २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले लिभरपुलमाथि ५–० को फराकिलो जित हात पारेको छ ।
शनिबार घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले २४ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको खेलमा १० खेलाडीमा सिमित लिभरपुललाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

३७ औं मिनेटमा सिटीका गोलकिपर इडर्सनको अनुहारमा खुट्टाले लाग्दा मानेले रातो कार्ड पाए । पहिलो हाफको अन्तिममा जेसिसले गोल गर्दै घरेलु टोली सिटीलाई २–० को अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा पनि सिटी हावी भयो । ५३ औं मिनेटमा जेसिसले व्यक्तिगत दोस्रो गोल गरे । उनको स्थानमा मैदान प्रवेश गरेका सनेले ७७ औं र खेलको अन्तिममा गोल गरेपछि म्यानचेष्टर सिटी बलियो टोली लिभरपुलमाथि ५–० को जित निकाल्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!